नेभिगेशन
सबै कुरा

कुलमानले सरकारलाई टेरेनन्, अब उनका गतिविधिमा लगाम लाग्छः उर्जामन्त्री खड्का


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफुखुसी ढंगले अघि बढ्न खोजेको बताएका छन् । 

Ncell
Extreme Energy

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको र सरकारलाई नटेरेको बताएका हुन् । उनले  घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउदा उपस्थीत नभएपछि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे । 

उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालिन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारे । उनले बाढिका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत प्रवाहलाई सहज ढंगले सूचारु गरिएको दावी गरे ।

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल विवाद टुङ्ग्याउने गरी अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदा नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले त्यसलाई अटेरी गरेको, मन्त्रालयसँग समन्वय नगरेको, प्राधिकरणका सञ्चालक बैठकमा उपस्थित नहुने गरेकोलगायतका आरोप मन्त्री खड्काले लगाए । 

उनले कुनै पनि प्रकारका आर्थिक हिनामिना, गैरकानुनी क्रियाकलाप तथा अवैध लाभ लिएको विषयमा आफ्नो संलग्नता पुष्टि गर्न पनि चुनौती दिए । “मैले कुनै खराब काम गरेको रहेछु भने मन्त्री मात्र होइन सांसद पद नै छाड्न तयार छु, गैरकानुनी काम गरेको तथ्य प्रमाण देखाउन म चुनौती दिन्छु”, उनले भने । सांसदहरुबाटै आफ्नाविरुद्ध अनर्गल प्रचार भइरहेको र त्यसबाट आफ्नो मानमर्दन भएको पनि उनले बताए । 

उनले दोधारा लम्की, बरेली, ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भइ काम अघि बढेको बताए । उनले ऊर्जा क्षेत्रमा आवश्यक कानून तर्जुमाका क्रममा रहेको र केहि विधेयकहरु अघि बढिसकेको जानकारी दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम

बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम

बूढीगण्डकी नदीमा जलसतह खतरा तहभन्दा माथि रहेकाले त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्।
बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको अध्ययन थालेको छ ।

भर्खरै