नेभिगेशन
सबै कुरा

अध्यादेश मुलुकको हितमा छ, विरोध गर्न आवश्यक छैनः सांसद थापा

काठमाडौँ । सांसद सुर्यबहादुर थापाले अध्यादेश सरोकारवाला र मुलुकको हितमा रहेको बताएका छन् । प्रतिनिधिसभामा आज विशेष समयमा बोल्दै सांसद थापाले सरकारले ६ अध्यादेश सरोकारवालाको हितमा ल्याएको उल्लेख गर्दै अनावश्यक विरोध गर्न आवश्यकसमेत नरहेको जिकिर गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद थापाले हिउँदे अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन निर्माणसँग सम्बन्धित प्रक्रियामा नै प्रथामिकता दिनुपर्ने भन्दै अनावश्यक मिडियावजाजी गरेर अरोप लगाउने काम बन्द गर्न सुझाव दिए । 

Ncell
Extreme Energy

“अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ । अहिले ६ अध्यादेश आएका छन् । शुसासन प्रवर्द्धन, सहकारी बचतकर्ताको बचत रकम फिर्ता, सूचना प्रविधि प्रवर्द्धन, औद्योगिक वातावरण, वित्तिय उत्तरदायित्व र भूमिसम्बन्धि अध्यादेश आएको छ,” उनले भने, “सरोकारवाला खुसी भएका छन् । तर हाम्रा केही सांसदमा खुसी देखिएन । सरोकारवाला र मुलुकको हितमा अध्यादेश आएको हो  । विरोध गर्नु बेकार छ ।” 

सांसद थापाले सरकार निर्माण भएपछि अघिल्लो सरकारको कार्यकालमा बाँकी रहेको निर्माण व्यवसायीका रु ३० अर्बभन्दा बढी भुक्तानी अहिलेको सरकारले दिएको बताए । 

“वर्तमान सरकारको कार्यकालमा राजश्व वृद्धि भएको छ । पूँजीगत खर्चमा वृद्धि भएको छ । पर्यटन आगमनमा पनि  सुधार आएको छ । अर्थतन्त्र लयमा फर्कने क्रममा रहेको छ,” सांसद थापाले भने, “अहिले अनावश्यक अध्यादेशको विरोध गरेर सरकारको आलोचना भइरहेको छ । यो संविधान विपरितको काम होइन् । संसद् नलचेको बेलामा छोटो समयमा अध्यादेश ल्याउन सरकारलाई दिइएको सुविधा हो ।” 

मुलुकका दुई ठूला पार्टीको सहकार्य हुँदा ठूलो उपलब्धि हुने सांसद थापाले बताए । “यसपालि पनि ठूला उपलब्धि गराउनुपर्ने छ । समाजमा निरासा हटाएर आशा जगाउने उद्देश्यअनुसार नै सरकार अगाडि बढिरहेको छ,” उनले भने, “देशमा भ्रष्टाचार बढेको छ । सुशासन कायम राख्न अध्यादेश ल्याउन लागिएको हो ।”

सहकारी ठकी प्रकरणमा प्रतिपक्षले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइरहेको उल्लेख गर्दै सांसद थापाले आपत्ति जनाए । उनले सामाजिक सञ्चाल नियमन सम्बन्धि विधेयकले विद्युतीय अपराध रोकिने बताए। 

सांसद थापाले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने माग गर ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।