नेभिगेशन
सबै कुरा

उडिसा घटनाबारे चन्द्र भण्डारीः ‘तिमी छौ भन्ने परिचय देऊ न सरकार’

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले उडिसा घटनामा सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । मङ्गलबार सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै नेता भण्डारीले उक्त घटनामा सरकार भएको परिचय दिन सरकार चुकेको उनले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उडिसामा रहेका विद्यार्थीहरू जहाज लिएर गएर ल्याउन भन्दै भण्डारीले तत्पश्चात मात्रै विश्वविद्यालयसँग कुरा गर्न पनि सरकारसँग माग गरेका छन् ।

Ncell
Extreme Energy

‘चार वटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन रु कसले रोकेको छ रु’ भण्डारी भन्छन् ‘तब, विश्वविद्यालयसँग कुरा हुन्छ । तिमी छौ भन्ने परिचय देऊ न सरकार ।’

उडिसाको किट विश्वविद्यालयमा गत आइतबार एक नेपाली छात्राको शङ्कास्पद मृत्यु भएको थियो । बुटवलकी छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युबारे आवाज उठाएको भन्दै क्याम्पसले उक्त विश्व विद्यालयमा पढ्ने १५ सय नेपाली विद्यार्थीलाई कुटपिट गर्दै निस्कासन गरेको थियो ।

क्याम्पसको होस्टलबाट निस्कासन गरेर रेल तथा बस पार्कमा लगेर छाडिए पछि नेपाली विद्यार्थीहरूले उद्धारको माग गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।