नेभिगेशन
सबै कुरा

पोखरा भ्रमण वर्ष उद्घाटनमा पड्किएको बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा पड्किएको बेलुनमा हाइड्रोजन भर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय भारतीय नागरिक कमलेस कुमार रहेका छन् । 

Ncell
Extreme Energy

फागुन ३ गते पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका थिए । 

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि ज्वालाले अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । 

त्यसपछि उनीहरुलाई पोखरामा प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । काठमाडौँको किर्तिपुरस्थित जलन अस्पतालमा उपचार गरी मन्त्री पौडेल डिस्चार्ज भईसकेका छन् भने मेयर आचार्य अझै अस्पतालमै छन् । 

घटनापछि गृहमन्त्री रमेश लेखकले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिलाई छानबिनको लागि १५ दिनको समय दिइएको  छ । 

कास्की प्रहरी स्रोतका अनुसार हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक सोही दिन नै पक्राउ परेका थिए । प्रहरीले अन्य व्यक्तिहरुसँग पनि सोधपुछ गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।
कालीगण्डकीको कटानले जोखिममा पुल

कालीगण्डकीको कटानले जोखिममा पुल

कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा परेको छ ।