नेभिगेशन
सबै कुरा

पोखरा भ्रमण वर्ष उद्घाटनमा पड्किएको बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा पड्किएको बेलुनमा हाइड्रोजन भर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय भारतीय नागरिक कमलेस कुमार रहेका छन् । 

Ncell
Extreme Energy

फागुन ३ गते पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका थिए । 

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि ज्वालाले अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । 

त्यसपछि उनीहरुलाई पोखरामा प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । काठमाडौँको किर्तिपुरस्थित जलन अस्पतालमा उपचार गरी मन्त्री पौडेल डिस्चार्ज भईसकेका छन् भने मेयर आचार्य अझै अस्पतालमै छन् । 

घटनापछि गृहमन्त्री रमेश लेखकले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिलाई छानबिनको लागि १५ दिनको समय दिइएको  छ । 

कास्की प्रहरी स्रोतका अनुसार हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक सोही दिन नै पक्राउ परेका थिए । प्रहरीले अन्य व्यक्तिहरुसँग पनि सोधपुछ गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।