नेभिगेशन
सबै कुरा

युएसएडको पैसा लिएको आरोपबारे ‘महजोडी’ भन्छन्, – धर्म विरोधी काम गरेका छैनौँ, भ्रममा नपर्नुहोला

काठमाडौँ । ‘महजोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यूएसएडको पैसा लिएर धर्म विरोधी काम नगरेको बताएका छन् । सामाजिक सञ्जालमा उनीहरुले एूएसएडको पैसा लिएर घर्म परिवर्तन गराउन भुमिका खेलेको आरोप लागेपछि उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत सो आरोपको खण्डन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले आफूबारे भइरहेको अनर्गल प्रचारले दुखि बनाएको र त्यस्ता कार्यमा आफूहरुको संलग्न नगरेको बताएका छन् । त्यस्तै उनीहरुले आफूहरुले निर्माण गरेका सामाग्रीहरु अझै पनि उपलब्ध हुने र सो हेर्न अनुरोध समेत गरेका छन् । ‘‘हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कामहरू गरे भनेर अनर्गल प्रचार भइरहेको छ । यसले हाम्रो चित्त दुखेको छ ।’’, मदनकृष्णले भनेका छन्, ‘‘संसारमा राम्रा कुरा पनि छन्, नराम्रा पनि छन् । हामीले राम्रा मात्रै छानेर काम गर्दै आएका छौँ । कुष्ठरोग, क्षयरोग, खोपका कुराहरू यी अधर्मका विषयहरू होइनन् । हाम्रो टेलिफिल्महरु हेरेर जाँच्नु भए हुन्छ । त्यसमा केही पनि नचाहिने कुरा छैनन् ।’’

Ncell
Extreme Energy

त्यस्तै उनीहरुले यूएसएडको कुरा आउँदा मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने लगायत थुप्रै सचेतनामूलक कार्यक्रम बनाएको र त्यसका कहीँ पनि कुनै धर्मको प्रचार नगरिएको बताएका छन् । ‘‘यूएसएडको कुरा आउँदा हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न खोपका सचेतनामूलक कार्यक्रम बनाएका छौँ । ती सबै कार्यक्रम युट्युबमा किताबजस्तै छर्लङ्ग राखेका छौँ । त्यो पल्टाएर हेर्नुभए हुन्छ । त्यहाँ कहीँ पनि हिन्दु, बौद्ध वा कुनै धर्मको विरोध गरेका छैनौँ । कुनै धर्मको प्रचार पनि गरेका छैनौँ ।’’, हरिवंशले भनेका छन् । 

त्यस्तै उनीहरुले आफूहरुले २०५२ सालमा बनाएको एक कार्यक्रम अहिले ल्याएर भाइरल गराएर  आफूहरुले सनातन धर्मको विरोध गरेको आरोप लगाइएको बताए । आफूहरुले बनाएको ‘पञ्चायती व्यवस्थाको श्राद्धे’मा एकजना पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरिएको विषयलाई भाइरल गराइएको भन्दै आचार्यले भने, ‘‘२०५२ सालमा हामीले ‘पञ्चायतको सराद्धे’ भन्ने कार्यक्रममा पण्डित पात्रमाथि व्यंग्य गरेका छौँ । पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितको छोरा हुँ । व्यंग्य जसलाई पनि गर्न पाइन्छ । नेतालाई, पुलिसलाई, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यो टेलिचलचित्रको एउटा टुक्रा राखेर हामीले सनातन धर्मको विरोध गर्‍यौँ भन्नु कपोलकल्पित हो ।’’

त्यस्तै उनीहरुले यस्ता विषयले आफूहरुलाई हतोत्साहित नगराउने र नेपाली जनतालाई समेत यस्ता भ्रामक कुराहरूमा विश्वास नगर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।