नेभिगेशन
सबै कुरा

युएसएडको पैसा लिएको आरोपबारे ‘महजोडी’ भन्छन्, – धर्म विरोधी काम गरेका छैनौँ, भ्रममा नपर्नुहोला

काठमाडौँ । ‘महजोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यूएसएडको पैसा लिएर धर्म विरोधी काम नगरेको बताएका छन् । सामाजिक सञ्जालमा उनीहरुले एूएसएडको पैसा लिएर घर्म परिवर्तन गराउन भुमिका खेलेको आरोप लागेपछि उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत सो आरोपको खण्डन गरेका हुन् । 

उनीहरुले आफूबारे भइरहेको अनर्गल प्रचारले दुखि बनाएको र त्यस्ता कार्यमा आफूहरुको संलग्न नगरेको बताएका छन् । त्यस्तै उनीहरुले आफूहरुले निर्माण गरेका सामाग्रीहरु अझै पनि उपलब्ध हुने र सो हेर्न अनुरोध समेत गरेका छन् । ‘‘हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कामहरू गरे भनेर अनर्गल प्रचार भइरहेको छ । यसले हाम्रो चित्त दुखेको छ ।’’, मदनकृष्णले भनेका छन्, ‘‘संसारमा राम्रा कुरा पनि छन्, नराम्रा पनि छन् । हामीले राम्रा मात्रै छानेर काम गर्दै आएका छौँ । कुष्ठरोग, क्षयरोग, खोपका कुराहरू यी अधर्मका विषयहरू होइनन् । हाम्रो टेलिफिल्महरु हेरेर जाँच्नु भए हुन्छ । त्यसमा केही पनि नचाहिने कुरा छैनन् ।’’

Dish home
City Express

त्यस्तै उनीहरुले यूएसएडको कुरा आउँदा मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने लगायत थुप्रै सचेतनामूलक कार्यक्रम बनाएको र त्यसका कहीँ पनि कुनै धर्मको प्रचार नगरिएको बताएका छन् । ‘‘यूएसएडको कुरा आउँदा हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न खोपका सचेतनामूलक कार्यक्रम बनाएका छौँ । ती सबै कार्यक्रम युट्युबमा किताबजस्तै छर्लङ्ग राखेका छौँ । त्यो पल्टाएर हेर्नुभए हुन्छ । त्यहाँ कहीँ पनि हिन्दु, बौद्ध वा कुनै धर्मको विरोध गरेका छैनौँ । कुनै धर्मको प्रचार पनि गरेका छैनौँ ।’’, हरिवंशले भनेका छन् । 

त्यस्तै उनीहरुले आफूहरुले २०५२ सालमा बनाएको एक कार्यक्रम अहिले ल्याएर भाइरल गराएर  आफूहरुले सनातन धर्मको विरोध गरेको आरोप लगाइएको बताए । आफूहरुले बनाएको ‘पञ्चायती व्यवस्थाको श्राद्धे’मा एकजना पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरिएको विषयलाई भाइरल गराइएको भन्दै आचार्यले भने, ‘‘२०५२ सालमा हामीले ‘पञ्चायतको सराद्धे’ भन्ने कार्यक्रममा पण्डित पात्रमाथि व्यंग्य गरेका छौँ । पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितको छोरा हुँ । व्यंग्य जसलाई पनि गर्न पाइन्छ । नेतालाई, पुलिसलाई, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यो टेलिचलचित्रको एउटा टुक्रा राखेर हामीले सनातन धर्मको विरोध गर्‍यौँ भन्नु कपोलकल्पित हो ।’’

त्यस्तै उनीहरुले यस्ता विषयले आफूहरुलाई हतोत्साहित नगराउने र नेपाली जनतालाई समेत यस्ता भ्रामक कुराहरूमा विश्वास नगर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप क्रिकेट लिग–२ः  नेपाल अमेरिकासँग १०६ रनले पराजित

विश्वकप क्रिकेट लिग–२ः  नेपाल अमेरिकासँग १०६ रनले पराजित

यो जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो  हारसँगै १७ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ ।
शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरु भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले अयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले घटना भएकै राति फरार भएका ठहरबहादुरलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका ठहरबहादुर नाताले...
निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्छः संयोजक दाहाल

निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्छः संयोजक दाहाल

माओवादी केन्द्र गोरखाको आयोजनामा आइतबार सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताए । केन्द्रीय महाधिवेशन आयोजक समिति संयोजक दाहालले...