नेभिगेशन
सबै कुरा

भारतीय शीर्ष नेताले समय नदिएपछि देउवाको भारत भ्रमण रद्द


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत नजाने भएका छन् । उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित एक कार्यक्रममा सहभागी हुन बिहिबार भारत जाने बताइएका देउवाको एकाएक भ्रमण रद्द भएको हो । 

प्रयागराजमा हुने कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुन आज देउवा भारत जाने बताइएको थियो । तर आजै आएर उनको भ्रमण रद्द भएको देउवानिकट स्रोतले बतायो । देउवा प्रयागराजको कार्यक्रम सकेर दिल्ली जाने तयारीमा रहेको तर भारतका शीर्ष नेताले उनीसँग भेट गर्ने समय नदिएपछि उनले भ्रमण रद्द गरेको स्रोतले बतायो ।

देउवा उपस्थित हुने भनिएको सो कार्यक्रममा विभिन्न देशबाट प्रतिनिधित्व गरेर वक्ताहरु उपस्थित हुने जनाइएको छ । देउवा पनि वक्ताका रुपमा त्यहाँ जाने बताइएको थियो । सो कार्यक्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुने जनाइएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...