नेभिगेशन
सबै कुरा

केबलबार निर्माणको विरोधमा पाथिभरासम्म राजेन्द्र महतोको पदयात्रा

काठमाडौँ । केबलबारको विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङमा पदयात्रा गरेका छन् । उनले ताप्लेजुङको फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म पदयात्रा गरेका हुन् ।

ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजना गलत भएको र त्यसले संस्कृति मास्ने भन्दै उनी पार्टीका नेता नेताहरुसहित पदयात्रामा निस्किएका हुन् । उनले विकासका नाममा पाथिभरामा संस्कार, संस्कृति र धार्मिक आस्था मास्ने प्रयास भएको आरोप लगाएका छन् । 

त्यस्तै उनले नेपाल सरकारलाई सो क्षेत्रमा केबलकार परियोजना रोक्न माग गरेका छन् । ‘यहाँ बनाउने भनिएको केबलकारले यहाँको धार्मिक सम्पदा विनास गर्छ । पहिचान र सभ्यता नष्ट गर्ने विकास हामीलाई चाहिँदैन । सरकारले यो कुरा सुनोस र तत्काल केबलकार बनाउन रोक लगाओस्’, नेता महतोले भने । 

त्यस्तै उनले मुकुम्लुङमा स्थानीयमाथि बल प्रयोग भएमा सह्य नहुने  र जबसम्म केबलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म आफूहरुको सङ्घर्ष जारी रहने बताएका छन् । सरकारले आफूहरुलाई पेलेर जाने प्रयास गरे आफूहरु आन्दोलनका कार्यक्रम थप चर्काइने चेतावनी दिएका छन् । 

महतो सहभागी भएको पदयात्रामा ३ सय भन्दा बढी नेता, कार्यकर्ता र स्थानीयको सहभागी थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...