नेभिगेशन
सबै कुरा

केबलबार निर्माणको विरोधमा पाथिभरासम्म राजेन्द्र महतोको पदयात्रा

काठमाडौँ । केबलबारको विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङमा पदयात्रा गरेका छन् । उनले ताप्लेजुङको फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म पदयात्रा गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजना गलत भएको र त्यसले संस्कृति मास्ने भन्दै उनी पार्टीका नेता नेताहरुसहित पदयात्रामा निस्किएका हुन् । उनले विकासका नाममा पाथिभरामा संस्कार, संस्कृति र धार्मिक आस्था मास्ने प्रयास भएको आरोप लगाएका छन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले नेपाल सरकारलाई सो क्षेत्रमा केबलकार परियोजना रोक्न माग गरेका छन् । ‘यहाँ बनाउने भनिएको केबलकारले यहाँको धार्मिक सम्पदा विनास गर्छ । पहिचान र सभ्यता नष्ट गर्ने विकास हामीलाई चाहिँदैन । सरकारले यो कुरा सुनोस र तत्काल केबलकार बनाउन रोक लगाओस्’, नेता महतोले भने । 

त्यस्तै उनले मुकुम्लुङमा स्थानीयमाथि बल प्रयोग भएमा सह्य नहुने  र जबसम्म केबलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म आफूहरुको सङ्घर्ष जारी रहने बताएका छन् । सरकारले आफूहरुलाई पेलेर जाने प्रयास गरे आफूहरु आन्दोलनका कार्यक्रम थप चर्काइने चेतावनी दिएका छन् । 

महतो सहभागी भएको पदयात्रामा ३ सय भन्दा बढी नेता, कार्यकर्ता र स्थानीयको सहभागी थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।