नेभिगेशन
सबै कुरा

सांसद चन्द्र भण्डारीको सरकारलाई प्रश्नः ट्रम्पले ठगी भनेको 'नेपाल सहयोग' के हो ? के हुँदैछ ?

काठमाडौँ । अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएका अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले नेपाल सरकारलाई प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा देशभन्दा ठुलो कोही नहुने र हुन पनि नसक्ने लेख्दै सांसद भण्डारीले के भएको थियो? के हुँदैछ? भनेर सरकारले छानबिन गर्नुपर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले लेखेका छन्,'अमेरीकाका राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन्  देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिनु हुँदैन, के हुँदैछ? सरकारले छानबिन गर्नु पर्दछ ! देशभन्दा ठुलो कोही होइन र हुन पनि सक्दैन' ।


अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘ठगी’ को संज्ञा दिदै सहयोग रद्द गर्ने निर्णय गरेका थिए। हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।