नेभिगेशन
सबै कुरा

पाथीभरामा जबरजस्ती केबलकार बनाउन खोजेपछि प्रहरी र स्थानीयबिच झडपः १२ जना घाइते

पाथीभरा । पाथीभरा क्षेत्रमा नो केबलबार समूह र प्रहरीबिच झडप भएको छ । मुकुम्लुङ क्षेत्रमा सहमतिबिना केबलबार बनाउन लागेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबिच झडप भएको हो । झडपमा परि १२ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी र प्रशासनको सहयोगमै सो क्षेत्रमा जबरजस्ती केबलकार निर्माण गरिएको भन्दै बिहिबार स्थानीय प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनरत नागरिकलाई प्रहरीले हटाउन खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । प्रहरीले बल प्रयोग गरेपछि प्रतिरोधमा उत्रिएका स्थानीय र प्रहरीबिच झडपको स्थित सिर्जना भएको थियो । दोहोरो झडप हुँदा ११ जना सुरक्षाकर्मी र १ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बताएको छ । 

Ncell
Extreme Energy

प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन् । त्यस्तै सो झडपमा एक जना मात्रै घाइते भएको प्रशासनको भनाई छ । 

त्यस्तै प्रहरीले प्रदर्शनमा उत्रिएका नागरिकमाथि लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो । प्रहरीले ५ राउण्डभन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।