नेभिगेशन
समाज

पूर्वराजाको स्वागतमा अविश्वसनीय जनलहर

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका छन् । झण्डै एक महिना लामो गण्डकी प्रदेश बसाइ पछि पूर्वराजा शाह आइतबार अपरान्ह काठमाडौँ फर्किएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक निजी विमान चार्टर्ड गरेर पोखराबाट काठमाडौँ आएका शाह ४ बजेर २५ मिनेट जाँदा काठमाडौँ ओर्लिएका थिए । राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको पूर्व घोषित अभिनन्दन कार्यक्रम बमोजिम शाहलाई भव्य मानव साङ्लोमार्फत स्कटिङ गरेर महाराजगञ्जस्थित निर्मल निवास पु¥याइएको थियो । 

Extreme Energy

 

राजाको स्वागतका लागि भन्दै आइतबार बिहानै देखि उनका समर्थकहरू विमानस्थल बाहिर भेला भएका थिए । राजाको अप्रत्यशित सक्रियाता र राजतन्त्र फर्काउने सुसुप्त अभियान अघि बढेसँगै सरकारले आजको कार्यक्रमलाई विशेष सुरक्षा सर्तकता प्रदान गरेको थियो । 

सरकारले राजावादीका नाममा अवाञ्छित गतिविधि हुनसक्ने आशङ्का गर्दै आजका लागि उच्च सुरक्षा सर्तकता अपनाएको थियो । 

 

सुरक्षा स्रोतकाअनुसार सरकारले प्रारम्भिक रुपमा अनुमान गरे भन्दा धेरै सङ्ख्यामा पूर्वराजाका समर्थकहरू काठमाडौँमा आज भेला भए । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राजाको स्वागतमा ५० हजार मानिस सडकमा उतार्ने दाबी गरेका थिए । 

तर, सुरक्षा संयन्त्रले अपरान्ह ४ बजेसम्मको उपस्थितिबारे गरेको प्रारम्भिक अनुमानमाअनुसार झण्डै २२ हजार मानिस पूर्वराजाको स्वागतमा सिनामंगल देखि गौशाला सडकमा उपस्थित थिए । यस्तै, शाहको निजी निवास निर्मल निवास अघि पनि सयौँका सङ्ख्यामा रहेका समर्थकहरू पूर्व राजालाई कुरेर बसेका थिए । 

 

 

‘झण्डै २५ हजार हाराहारीमा मानिसहरु पूर्व राजालाई स्वागतका लागि आएको अनुमान गर्न सकिन्छ,’ फिल्डमा खटिएका एक सुरक्षा अधिकारीले भने, ‘यो सरकारले प्रारम्भिक अनुमान गरे भन्दा निकै धेरै हो ।’

नेपालमा २३८ वर्षदेखि शासन गर्दै आएको शाह वंशको राजतन्त्र २०६५ जेठ १५ गते संघिय गणतन्त्र नेपाल घोषणासँगै अन्त्य भएको थियो । 

गणतन्त्र घोषणाको १४ दिन पछि २०६५ जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजगद्दी र शासन जनतालाई सुम्पिएको घोषणा गर्दै दरबार छोडेका थिए । 

तर, यसरी दरबार छोडेको १६ वर्षपछि गत फागुन ७ गते प्रजातन्त्र दिवसको अघिल्लो दिन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसर पारेर एक भिडियो सन्देश जारी गरे । 

जनताको हितका लागि आफूले जनताको नासो जनतालाई सुम्पिएको भन्दै बाहिरिएका शाहले सो दिन उक्त नासो जनताको हितका लागि पुनः फिर्ता लिने समय आएको सन्देश दिएका थिए । उनको सन्देशमा अहिलेको व्यवस्था र नेतृत्वबाट जनताको अवस्था परिवर्तन नभएको भन्दै आशय व्यक्त गरिएको थियो । 

ज्ञानेन्द्र शाहको यो अभिव्यक्ति पछि राजा फर्काउने एजेण्डा बोकेर बसेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा केही राजावादी संघसंगठनले औपचारिकरुपमै अब राजा फर्कीए भन्दै आफ्नो अभियान तिब्र पारेका थिए । 

त्यसपछि राजा देश दौडाहमा निस्किए, विभिन्न जिल्ला पुग्ने, मठ मन्दिर दर्शन गर्ने, नागरिकहरुसँग सेल्फी खिच्ने मात्रै होइन, पोखरामा आफ्ना स्वर्गीय दाजू राजा विरेन्द्र शाहको सालिक अनावरण नै गरे । पोखरामा उनको सो कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गंभिर नेपाली...’ सार्वजनिक स्थालमै बजाइएको थियो ।

त्यस अघि बुटवलमा राजावादीको भव्य कार्यक्रम गरेका थिए । शनिवार मात्रै विरगञ्जमा राजाको सर्मथनमा बाइक ¥याली भएको थियो । राजाले समान्तार सत्ताको अभ्यास गरेर जनलहर उर्तान थालेपछि सत्ता र गणतन्त्र पक्षधर दलहरु झस्किएका थिए । 

यसैबीच माओवादीले आफ्नो तराई केन्द्रित राजनीतिक अभियान स्थगन गरेर काठमाडौँ फर्किएको छ भने अन्य दलका नेताहरुले पनि राजाको राजनीतिक कदमको विरोध गरेका छन् । 

कांग्रेस र एमाले मिलेर बनेको झण्डै दुई तिहाईको सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला राजाको संक्रिया र अर्थपूर्ण गतिविधिले राजनीतिमा नयाँ तरङ्ग सृजना गरिएको छ । कतिपयले राजाको गतिविधिका कारण ‘कतै व्यवस्था नै त संकटमा पर्दै छैन ’ भनी आशङ्का समेत व्यक्त गरेका छन् । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

भर्खरै