नेभिगेशन
समाज

कांग्रेस नेताले सार्वजनिक जग्गा मिचेको भन्दै सुमनाले संसदमा ध्यानाकर्षण गराएपछि...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले एक कांग्रेस नेताले सरकारी जग्गा कब्जामा लिएको भन्दै संसदलाई ध्यानाकर्षण गराएकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले तारकेश्वर नगरपालिका वडा नं ९ को लोकतान्त्रिक चोकमा रहेको जग्गा कांग्रेस नेताले कब्जामा लिएको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


सरकारी जग्गा कब्जामा जाँदा स्थानीय सरकारले चासो नदिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्, ‘काठमाडौँ क्षेत्र नं ६ मा पर्ने तारकेश्वर नगरपालिका वडा नं ९ को लोकतान्त्रिक चोकमा रहेको मचाँगा नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीबासीको गुनासो र उजुरीबा बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ । यसमा ध्यानाकर्षण गराएँ ।’

Marvel
Extreme Energy

सांसद श्रेष्ठको आरोपपछि कांग्रेस सांसदहरुले उठेर आपत्ति जनाएका थिए । उनीहरुले सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरेका थिए । सभामुख देवराज घिमिरेले प्रमाणित ढंगले आफ्नो अभिव्यक्ति राख्नुपर्ने बताएका थिए । यस विषयमा आएका बिवादलाई प्रक्रियागत ढंगले समाधान खोज्नुपर्ने भन्दै उहाले कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरेका थिए । 

त्यसपछि कांग्रेस सांसदहरुले आसन ग्रहण गरेपछि सभामुखले बैठक अघि बढाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइने...
रेड कार्पेटमा 'फर्स्ट लेडी' सविना काफ्ले, कार्यवाहक मेयर सुनिता डंगोलको स्वागत

रेड कार्पेटमा 'फर्स्ट लेडी' सविना काफ्ले, कार्यवाहक मेयर सुनिता डंगोलको स्वागत

नेपालका पुराना र नयाँ पुस्ताका कलाकार, राजनीति, प्रशासन, आर्थिक सामाजिक क्षेत्र, निजी तथा उद्योग वाणिज्य क्षेत्रका विशिष्ट पदाधिकारीले राष्ट्रिय सभा गृहमा आयोजित रेड कार्पेटले नयाँ आयाम कोरेको छ...
भारतले नहरमा पानी नछोड्दा महाकाली सिँचाइ आयोजना अझै सञ्चालनमा आउन सकेन

भारतले नहरमा पानी नछोड्दा महाकाली सिँचाइ आयोजना अझै सञ्चालनमा आउन सकेन

महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् ।
लागुऔषधसहित १३ जना पक्राउ

लागुऔषधसहित १३ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।