नेभिगेशन
समाज

कांग्रेस नेताले सार्वजनिक जग्गा मिचेको भन्दै सुमनाले संसदमा ध्यानाकर्षण गराएपछि...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले एक कांग्रेस नेताले सरकारी जग्गा कब्जामा लिएको भन्दै संसदलाई ध्यानाकर्षण गराएकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले तारकेश्वर नगरपालिका वडा नं ९ को लोकतान्त्रिक चोकमा रहेको जग्गा कांग्रेस नेताले कब्जामा लिएको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


सरकारी जग्गा कब्जामा जाँदा स्थानीय सरकारले चासो नदिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्, ‘काठमाडौँ क्षेत्र नं ६ मा पर्ने तारकेश्वर नगरपालिका वडा नं ९ को लोकतान्त्रिक चोकमा रहेको मचाँगा नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीबासीको गुनासो र उजुरीबा बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ । यसमा ध्यानाकर्षण गराएँ ।’

Ncell
Extreme Energy

सांसद श्रेष्ठको आरोपपछि कांग्रेस सांसदहरुले उठेर आपत्ति जनाएका थिए । उनीहरुले सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरेका थिए । सभामुख देवराज घिमिरेले प्रमाणित ढंगले आफ्नो अभिव्यक्ति राख्नुपर्ने बताएका थिए । यस विषयमा आएका बिवादलाई प्रक्रियागत ढंगले समाधान खोज्नुपर्ने भन्दै उहाले कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरेका थिए । 

त्यसपछि कांग्रेस सांसदहरुले आसन ग्रहण गरेपछि सभामुखले बैठक अघि बढाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेपत्ता बालबालिकाको खोजीमा एआई

बेपत्ता बालबालिकाको खोजीमा एआई

मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ।
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।