नेभिगेशन
समाज
सोबिता गौतम

सरकारलाई सोबिताको चुनौतीः  सबैको विचार अट्ने व्यवहार होस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ!

काठमाडौँ । सबैको विचार अट्ने व्यवहार गर्न रास्वपा सांसद सोविता गौतमले सरकारलाई सचेत गराएकी छिन् । आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सरकारका नियन्त्रणमुखी शासनतर्फ देखिएको भन्दै सबैको विचार अट्ने व्यवहार नभएमा परिणाम जनताको पक्षमा हुने बताएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गौतमले भनिन्:
"मैले पटकपटक भनेको छु— सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ। म देख्छु, सरकार अत्यधिक सतर्क, असहिष्णु, र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ।
यसले के देखाउँछ? सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर संकटमा छ! तर, यो संकट सरकार आफैं निम्त्याएको हो। 
सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरवार बनायो! उदाउँदै गरेका नयाँ शक्ति— जो यही गणतन्त्रमा जन्मिए, हुर्किए, र लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्थे, — उनैलाई झूटो मुद्दा लगाएर दमन गरिरह्यो।
सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसदलाई होच्याउने, पत्रकारहरूको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने— यी सबै नियन्त्रणमुखी शासनका लक्षण हुन्।
सरकारले सदन, सडक ,सामाजिक सञ्जाल,  सबै नियन्त्रण गर्न सक्ला  — तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन! 
लोकतन्त्रको असली खतरा अरु कोही होइन सरकार आफैं हो।  सबैको विचार अट्ने व्यवहार गर्नुस्  नत्र परिणाम जनताको पक्षमा हुनेछ!
यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो!
धन्यवाद!"

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...