नेभिगेशन
समाज
सोबिता गौतम

सरकारलाई सोबिताको चुनौतीः  सबैको विचार अट्ने व्यवहार होस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ!

काठमाडौँ । सबैको विचार अट्ने व्यवहार गर्न रास्वपा सांसद सोविता गौतमले सरकारलाई सचेत गराएकी छिन् । आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सरकारका नियन्त्रणमुखी शासनतर्फ देखिएको भन्दै सबैको विचार अट्ने व्यवहार नभएमा परिणाम जनताको पक्षमा हुने बताएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गौतमले भनिन्:
"मैले पटकपटक भनेको छु— सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ। म देख्छु, सरकार अत्यधिक सतर्क, असहिष्णु, र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ।
यसले के देखाउँछ? सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर संकटमा छ! तर, यो संकट सरकार आफैं निम्त्याएको हो। 
सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरवार बनायो! उदाउँदै गरेका नयाँ शक्ति— जो यही गणतन्त्रमा जन्मिए, हुर्किए, र लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्थे, — उनैलाई झूटो मुद्दा लगाएर दमन गरिरह्यो।
सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसदलाई होच्याउने, पत्रकारहरूको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने— यी सबै नियन्त्रणमुखी शासनका लक्षण हुन्।
सरकारले सदन, सडक ,सामाजिक सञ्जाल,  सबै नियन्त्रण गर्न सक्ला  — तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन! 
लोकतन्त्रको असली खतरा अरु कोही होइन सरकार आफैं हो।  सबैको विचार अट्ने व्यवहार गर्नुस्  नत्र परिणाम जनताको पक्षमा हुनेछ!
यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो!
धन्यवाद!"

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो देखियो राम्दीको नयाँ पुल

यस्तो देखियो राम्दीको नयाँ पुल

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको राम्दीको कङ्क्रिट फिल्ड स्टिल ट्युब आर्च ब्रिजको निर्माण पूरा भएको छ ।
एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न नभएपछि लमाहा खोला पुल, लौकाहा खोला पुल र महेन्द्र राजमार्गको...
गगन थापाले सम्बोधनमा भनेका चार कुरा

गगन थापाले सम्बोधनमा भनेका चार कुरा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।