नेभिगेशन
समाज

होलीमा उत्शृङ्खल गतिविधिमा संलग्न १२ जना पक्राउ, ९४ थान सवारी साधन होल्ड 

काठमाडौँ । काठमाडौँ उपत्यकामा फागु पर्व मनाउँदा उत्शृङ्खल गतिविधि गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । यस्तै, ९४ थान सवारी साधन होल्ड गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपत्याका विभिन्न २३ स्थानमा प्रहरीले गरेको चेकजाँचका क्रममा यि मानिस र सवारी साधनहरू नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार यो विवरण अपरान्ह २ बजेसम्मको हो । मादक पदार्थ सेवन गरेका र दुर्व्यवहारजस्ता कार्यमा संलग्नलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

यस्तै कागजात नबोकेका तथा मादक पदार्थ सेवान गरेर चलाएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । परिसरका अनुसार प्रहरीले नियन्त्रणमा लिइएका मध्ये एक जनालाई परिवारको जिम्मा लगाइएको छ भने बाँकी नियन्त्रणमै छन् ।

यस्तै, प्रहरीले होल्ड गरेको ९४ थान सवारी साधनमध्ये ३५ थान सवारीधनीलाई जिम्मा लगाइएको र बाँकी ५९ थान प्रहरी नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...