नेभिगेशन
समाज

केआईईटी प्रकरणः नेपाल आएका सबै विद्यार्थी उडिसा फर्किए, टिकटको खर्च कलेजले बेहोर्यो

काठमाडौँ । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले प्रकृति लम्सालको शंकास्पद मृत्युपछि निम्तिएको घटनाक्रमका कारण कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरु कलेजमै फर्किएका छन् । विद्यार्थीहरुका अनुसार करिब ११ सय विद्यार्थीहरु कलेज फर्किएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


उनीहरु नेपालबाट फर्कने क्रममा लागेको सम्पूर्ण यातायात खर्च कलेजले नै ब्यहोरेको विद्यार्थीहरुले बताएका छन् । उनीहरुले यातायातमा खर्च भएको रकमको विवरण पेस गरेपछि कलेजले सबै रकम भुक्तानी गरिदिएको हो । कलेज फर्कनुअघि नै विद्यार्थीहरुको आउने जाने सम्पूर्ण खर्च कलेजले नै व्यहोर्ने सर्तमा विश्वविद्यालय सहमत भएको थियो । 

Ncell
Extreme Energy

नेपाल फर्किएका विद्यार्थीहरु फेरि सोही कलेजमा फर्कदा आफूहरुमाथि पुरानै शैली दोहोरिने हो कि भन्ने चिन्तामा विद्यार्थीहरु थिए । तर कलेजले उनीहरुका लागि सौहार्द वातावरण बनाएको उनीहरुले बताएका छन् । ‘अहिले हामीहरुलाई कलेजले कुनै नराम्रो व्यवहार गरेको छैन । हाम्रो टिकटमा खर्च भएको रकम पनि कलेजले नै तिरिदियो’, एक विद्यार्थीले भने, ‘अन्तराष्ट्रिय स्तरमै कलेजको व्यवहारको आलोचना भएपछि उनीहरुले रियलाइज गरेको देखिएको छ । अहिलेसम्म पुरानो विषयलाई लिएर हामीहरुलाई नराम्रो व्यवहार गरिएको छैन ।’

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपालकी प्रकृति लम्साल फागुन ४ गते होस्टलमा मृत भेटिएकी थिइन् । घटनाक्रमहरु शंकास्पद देखिएपछि नेपाली विद्यार्थीहरुले प्रकृतिको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि विश्वविद्यालय प्रशासनले सूचना नै जारी गरेर नेपाली विद्यार्थीहरुलाई कलेज र होस्टल छाड्न दवाव दिएको थियो । त्यतिमात्र नभएर गार्ड बाहिरका गुन्डा प्रयोग गरी नेपाली विद्यार्थीहरुलाई कुटपिट गरी होस्टलबाट निकालिएको थियो । कलेज प्रशासनले दुव्र्यवहार गर्दै निकालिएका र बिभिन्न रलवेस्टेसनमा छाडिएका नेपाली विद्यार्थीहरु जेनतेन खर्च जुटाएर नेपाल फर्किएका थिए । 


विश्वविद्यालय प्रशासनका अधिकारी तथा प्रोफेसरहरुले नेपाली विद्यार्थीलाई धम्क्याएका भिडियोहरु सञ्जालमा छरपस्ट भएपछि विश्वविद्यालयको चर्को आलोचना भएको थियो । अन्तराष्ट्रिय स्तरमै बद्नामी हुन थालेपछि त्यसको ढाकछोपका लागि विश्वविद्यालयले ढाकछोपका लागि हर प्रयास गरेको थियो । उक्त घटनामा नेपाली विद्यार्थीहरुमाथि भएकाे दुर्व्यवहार सम्बन्धमा विश्विवद्यालयले माफी समेत मागेकाे थियाे । त्यसपछि कलेजले विद्यार्थीहरुलाई फिर्ता बोलाएको थियो । 

अहिले प्रकृतिको शंकास्पद मृत्युको मुद्दा अदालतमा विचाराधिन छ । उक्त घटनामा पक्राउ परेका सोही विश्वविद्यालयमा अध्ययनरत अद्विग श्रीवास्तव अहिले प्रहरी हिरासतमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।