नेभिगेशन
समाज

राज्य संचालककाे स्वेच्छाचारिताका कारण देशले सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छः समाजवादी मोर्चा

चैत १५ गते विशाल प्रदर्शनसहित जनसभा गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार एक पत्रकार सम्मेलन गर्दै मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गइरहेको बताएको हो ।त्यस्तै मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते विशाल प्रदर्शनसहित जनसभा गर्ने भएको हो । 


यस्ता छन् समाजवादी मोर्चाका निर्णयः

 

देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चा, नेपालको दृष्टिकोण अगाडि सार्न र आगामी कार्यक्रमको घोषणा गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ । 
१. नेपालमा युगीन परिवर्तन र त्यसको गुणात्मक निरन्तरताका निम्ति नेपाली श्रमजिवी जनताले जनआन्दोलन, महान जनयुद्ध, १९ दिने ऐतिहासिक जन आन्दोलन, मधेश आन्दोलन, महिला, दलित (श्रमिक समुदाय), आदिवासी, जनजाति आन्दोलन, उत्पीडित क्षेत्रका जनताको आन्दोलन, थरुहट आन्दोलन र एकीकृत जनक्रान्ति लगायतका संघर्षमा आफ्नो अमूल्य जीवनको उत्सर्ग गर्नुहुने महान शहिदहरुप्रति स-सम्मान भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ । वेपत्ता योद्धाहरुको स्मरण र घाईते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौ । गणतान्त्रिक र क्रान्तिकारी इतिहास रचनामा ऐतिहासिक योगदान गर्ने महान् नेपाली जनतामा उच्च सम्मान सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौ । 


२. नेपाली जनताको जीवन मरणको अनवरत संघर्षको बलमा २ सय ३८ बर्षे सामन्ती शासनको अन्त्य भएको हो । १ सय ४ बर्षे राणा शाशन विरुद्धको संघर्ष, ३० बर्षे पञ्चायती निरङ्कुश व्यवस्थाका बिरुद्ध संघर्ष, ०४६ साल पछिको सामन्तवाद र पूजीवादी प्रतिक्रियावाद विरुद्धको संघर्षमा ०७ सालको आन्दोलन, ०४६ सालको जनआन्दोलन, १० वर्षको जनयुद्ध र ०६२/६३ को ऐतिहासिक जनआन्दोलनको विशेष र निर्णायक भूमिका छ । आन्दोलन र जनयुद्धको बलमा स्थापीत भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तनको प्रतिनीधी थियो । यसले राष्ट्रको स्थाधीनता, नेपाली जनताको मुक्ति र देशको सम्वृद्धिका लागि नेपाली जनतालाई अभुतपूर्व रूपमा आशावादी बनाएको थियो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ ।

भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती  देखा परेको छ । 

३. सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवम् जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरु लागिपरेका छन् । यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ । 

४. देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद भित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, वुद्धिजिवी लगायत नेपाली समाजका सवै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुर्नउत्थानवादी  षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ ।

यसका लागि २०८१ चैत १५ गते (शुक्रवार) का दिन काठमाण्डौमा विशाल विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरिएको छ । यस सभामा सहभागी भै समाजवादी मोर्चा, नेपालमा सम्वद्ध राजनीतिक पार्टीहरु, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भै प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौ । 

..........................                                                             .................
   क. प्रचण्ड                                                                   क. माधवकुमार नेपाल 
अध्यक्ष तथा पूर्वप्रधानमन्त्री                                                अध्यक्ष तथा पूर्वप्रधानमन्त्री 
नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र)                       नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजवादी) 

       
................................                                                       .............................
        क. विप्लव सी                                                           क. महेन्द्र राययादव 
           महासचिव                                                                अध्यक्ष तथा पूर्वमन्त्री 
     नेपाल कम्युनिस्ट पार्टी                                                     नेपाल समाजवादी पार्टी  

                                                                                                                                                   -२ चैत, २०८१ (शनिवार)

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।