नेभिगेशन
समाज

४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी, नेपाल कुन सूचीमा ?

अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ देशको सूची तयार गरिरहेको भनेर न्युयोर्क टाइम्सले लेखेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले यात्रा प्रतिबन्ध लगाउनुपर्ने कारणमा लेखिएको विवरण पर्याप्त छ वा छैन भन्ने विषयको पुनरावलोकन गरिरहेका छन्। सूची अनुसार लागू भए ४३ देशका नागरिकहरूले अमेरिका यात्रा गर्न पाउने छैनन्।  यद्यपि उक्त सूचीलाई रातो, सुन्तला र पहेँलो गरी तीन भागमा विभाजन गरिएको छ।

Marvel
Extreme Energy

रातो सूचीमा परेका देशका नागरिकहरुलाई पूर्ण रूपमा यात्रा प्रतिबन्ध लगाइने छ । सुन्तला रङको सूचीमा रहेका देशहरूमा आंशिक प्रतिबन्ध लगाइनेछ । त्यस्ता देशका नागरिकहरूलाई आप्रवासी वा पर्यटक भिसामा यात्रा गर्ने पाउने छैनन्। धनी र व्यवसायिक यात्रुहरू भने जान पाउनेछन्।

पहेँलो सूचीमा रहेका देशहरूलाई सुरक्षा लगायतका मापदण्ड पूरा गर्नका लागि ६० दिनको समय दिइएको न्युयोर्क टाइम्सले जनाएको छ। अहिलेसम्म सार्वजनिक भएको सूचीमा नेपालको भने नाम देखिएको छैन । 

गत जनवरीमा ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सुरक्षा जाँच प्रक्रियामा कमजोर देशहरूको सूची तयार गर्न कार्यकारी आदेश जारी गरेका थिए।

रातो सूचीमा ११ देश:

अफगानिस्तान

भुटान

क्युबा

इरान

लिबिया

उत्तर कोरिया

सोमालिया

सुडान

सिरिया

भेनेजुयला

यमन

सुन्तला रङको सूचीमा परेका देशहरू:

बेलारूस

इरिट्रिया

हाइटी

लाओस

म्यानमार

पाकिस्तान

रसिया

सियर्रा लियोन

दक्षिण सुडान

तुर्केमेनिस्तान

पहेलो सूचीमा परेका देशहरू:

एंगोला

एन्टिगुआ एन्ड बार्बुडा

बेनिन

बुर्किना फासो

क्यामरून

केप भर्डे

चाड

रिपब्लिक अफ कंगो

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो

डोमिनिका

इक्वेटोरियल गुयना

गाम्बिया

लाइबेरिया

मलवी

माली

माउरीटानिया

सेन्ट किट्स एन्ड नेविस

सेन्ट लुसिया

साओ टोम एन्ड प्रिन्सिप

भानुआटा

जिम्बावे

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाले सम्बोधनमा भनेका चार कुरा

गगन थापाले सम्बोधनमा भनेका चार कुरा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।
युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

रोपका विभिन्न देशमा जीवनयापनको बढ्दो खर्च, महँगी, आवास सङ्कट, सार्वजनिक सेवामा सरकारी लगानीको कमी र राजनीतिक असन्तुष्टिलाई लिएर प्रदर्शन चर्किएको छ। शनिबार (३१ अक्टोबर) फ्रान्समा लगातार तेस्रो सप्ताहान्त...
गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

सरकार भरोसा र विश्वास गुमाउँदै डर र भयको वातावरण सिर्जना गरेर शासन गर्न खोज्दैछः सभापति थापा