नेभिगेशन
समाज

४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी, नेपाल कुन सूचीमा ?

अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ देशको सूची तयार गरिरहेको भनेर न्युयोर्क टाइम्सले लेखेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले यात्रा प्रतिबन्ध लगाउनुपर्ने कारणमा लेखिएको विवरण पर्याप्त छ वा छैन भन्ने विषयको पुनरावलोकन गरिरहेका छन्। सूची अनुसार लागू भए ४३ देशका नागरिकहरूले अमेरिका यात्रा गर्न पाउने छैनन्।  यद्यपि उक्त सूचीलाई रातो, सुन्तला र पहेँलो गरी तीन भागमा विभाजन गरिएको छ।

Ncell
Extreme Energy

रातो सूचीमा परेका देशका नागरिकहरुलाई पूर्ण रूपमा यात्रा प्रतिबन्ध लगाइने छ । सुन्तला रङको सूचीमा रहेका देशहरूमा आंशिक प्रतिबन्ध लगाइनेछ । त्यस्ता देशका नागरिकहरूलाई आप्रवासी वा पर्यटक भिसामा यात्रा गर्ने पाउने छैनन्। धनी र व्यवसायिक यात्रुहरू भने जान पाउनेछन्।

पहेँलो सूचीमा रहेका देशहरूलाई सुरक्षा लगायतका मापदण्ड पूरा गर्नका लागि ६० दिनको समय दिइएको न्युयोर्क टाइम्सले जनाएको छ। अहिलेसम्म सार्वजनिक भएको सूचीमा नेपालको भने नाम देखिएको छैन । 

गत जनवरीमा ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सुरक्षा जाँच प्रक्रियामा कमजोर देशहरूको सूची तयार गर्न कार्यकारी आदेश जारी गरेका थिए।

रातो सूचीमा ११ देश:

अफगानिस्तान

भुटान

क्युबा

इरान

लिबिया

उत्तर कोरिया

सोमालिया

सुडान

सिरिया

भेनेजुयला

यमन

सुन्तला रङको सूचीमा परेका देशहरू:

बेलारूस

इरिट्रिया

हाइटी

लाओस

म्यानमार

पाकिस्तान

रसिया

सियर्रा लियोन

दक्षिण सुडान

तुर्केमेनिस्तान

पहेलो सूचीमा परेका देशहरू:

एंगोला

एन्टिगुआ एन्ड बार्बुडा

बेनिन

बुर्किना फासो

क्यामरून

केप भर्डे

चाड

रिपब्लिक अफ कंगो

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो

डोमिनिका

इक्वेटोरियल गुयना

गाम्बिया

लाइबेरिया

मलवी

माली

माउरीटानिया

सेन्ट किट्स एन्ड नेविस

सेन्ट लुसिया

साओ टोम एन्ड प्रिन्सिप

भानुआटा

जिम्बावे

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेपत्ता बालबालिकाको खोजीमा एआई

बेपत्ता बालबालिकाको खोजीमा एआई

मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ।
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।