नेभिगेशन
नेताका कुरा
स्ववियु निर्वाचन:

विद्यार्थीको हैन, आफ्नै टाउको फुटाएर कुन गुट बलियो छुट्याइयोस : सुमना श्रेष्ठ

काठमाडौँ । पूर्व शिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा स्ववियुका नाममा भइरहेको झगडालाई लिएर संसदमा आक्रोश पोखेकी छिन् । स्ववियुका नाममा एक महिनादेखि विश्वविद्यालय बन्द गराउने र विद्यार्थीहरुलाई कुटपिटमा उतार्ने काम भएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


यस्तो छ सुमना श्रेष्ठले संसदमा दिएको अभिव्यक्तिः
स्ववियुको नाममा दलहरुको जुन ताण्डव भइरहेको छ, यो के गर्नुभएको  ? आफ्नो गुट उपगुटलाई बचाउन, कोही सभापति बन्न, कोही महामन्त्री बन्न, कोही सभापति बन्न विद्यार्थीहरुको  दुरुपयोग भइरहेको छ सभामुख महोदय । विश्वविद्यालयमा तालाबन्दी छ, त्यही भएर एक महिना भयो क्याम्पसहरुमा राम्रोसँग पढाई भएको छैन । विद्यार्थीहरुले पढ्ने हक सुनिश्चित गर्न, गृहमन्त्रीले शिक्षामन्त्रीलाई, शिक्षामन्त्रीले गृहमन्त्रीलाई देखाएर पन्छिने हैन । म यस विषयमा प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराउन चाहान्छु र भन्छु, विद्यार्थीहरुको पढ्ने हक सुनिश्चित गरियोस्, हैन भने यहाँ एउटा रेस्लिङ म्याच खेल्नका लागि लगाइयोस् । विद्यार्थीहरुको टाउको फुटाउन लगाउने हैन, आफ्नै टाउको फुटाएर कुन गुट बलियो, निर्क्रयाैल गरियोस् ।

Ncell
Extreme Energy

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।