नेभिगेशन
नेताका कुरा
स्ववियु निर्वाचन:

विद्यार्थीको हैन, आफ्नै टाउको फुटाएर कुन गुट बलियो छुट्याइयोस : सुमना श्रेष्ठ

काठमाडौँ । पूर्व शिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा स्ववियुका नाममा भइरहेको झगडालाई लिएर संसदमा आक्रोश पोखेकी छिन् । स्ववियुका नाममा एक महिनादेखि विश्वविद्यालय बन्द गराउने र विद्यार्थीहरुलाई कुटपिटमा उतार्ने काम भएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


यस्तो छ सुमना श्रेष्ठले संसदमा दिएको अभिव्यक्तिः
स्ववियुको नाममा दलहरुको जुन ताण्डव भइरहेको छ, यो के गर्नुभएको  ? आफ्नो गुट उपगुटलाई बचाउन, कोही सभापति बन्न, कोही महामन्त्री बन्न, कोही सभापति बन्न विद्यार्थीहरुको  दुरुपयोग भइरहेको छ सभामुख महोदय । विश्वविद्यालयमा तालाबन्दी छ, त्यही भएर एक महिना भयो क्याम्पसहरुमा राम्रोसँग पढाई भएको छैन । विद्यार्थीहरुले पढ्ने हक सुनिश्चित गर्न, गृहमन्त्रीले शिक्षामन्त्रीलाई, शिक्षामन्त्रीले गृहमन्त्रीलाई देखाएर पन्छिने हैन । म यस विषयमा प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराउन चाहान्छु र भन्छु, विद्यार्थीहरुको पढ्ने हक सुनिश्चित गरियोस्, हैन भने यहाँ एउटा रेस्लिङ म्याच खेल्नका लागि लगाइयोस् । विद्यार्थीहरुको टाउको फुटाउन लगाउने हैन, आफ्नै टाउको फुटाएर कुन गुट बलियो, निर्क्रयाैल गरियोस् ।

Ncell
Extreme Energy

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ आयोजनाहरुको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।
उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज सर्वसाधारण नागरिकसँग सम्वाद गर्ने भएकी छिन् ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । महामन्त्री विपीन आचार्यकाअनुसार आज विहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका १० वटा एजेण्डा...
सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरुलाई मर्यादित र संयमित हुन निर्देशन दिएका छन् ।