नेभिगेशन
समाज

भारतबाट फर्किएपछि आरजु राणा भन्छिन्ः नेपालको सरकार नै परिवर्तन गर्ने आशय भारतको देखिन

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छिन् । 
भारतको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको आफुले पाएको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले नेपाल सरकारसँग भारतीय निकायहरु जोडिरहेको भन्दै उनले सरकार नै परिवर्तन गर्ने आशय नदेखेको बताइन् । परराष्ट्रमन्त्री राणाले भारतमा रहदा भारतलगाएत अन्यदेशका बिदेशमन्त्रीहरुसंग द्विपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जानकारी दिइन् । 

Marvel

नेपाल र भारतबीच रहेका विभिन्न द्विपक्षीय संयन्त्रहरूको हालैका बैठकहरूमा भएका प्रगतिहरूको समिक्षा गर्दै अन्य संयन्त्रहरुलाई पनि थप क्रियाशील बनाउने र द्विपक्षीय सहयोगलाई अझ मजबुत बनाउने विषयमा समेत कुराकानी भएको उनले बताइन् । उनले नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेको र नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न अनुरोध गरेको धारणा राखिन् । 

त्यस्तै उनले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक महामहिम रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिदै आएको आवश्यक सहयोगको निरन्तरता हुन र विपिन जोशीको सकुशल रिहाईका लागि सहजीकरण गर्न आग्रह गरेको बताइन् । 

त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रुपमा रहेका ७ जना नेपाली नागरिकहरूको तत्काल रिहाइ र स्वदेश फिर्ताको सहजीकरणका निम्ति गरेको अनुरोध गरिएको र तत्कालै आवश्यक प्रक्रिया सुरु गर्ने प्रतिवद्धता प्राप्त भएको पनि उनले जानकारी दिइन् । समग्रमा आफ्नो भ्रमणले भारत लगायत विभिन्न मित्र राष्ट्रहरुसँग रहेको द्विपक्षीय सम्बन्धलाई थप मजबुत र सुमधुर बनाउन मद्दत पुगेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै