नेभिगेशन
समाज

भारतबाट फर्किएपछि आरजु राणा भन्छिन्ः नेपालको सरकार नै परिवर्तन गर्ने आशय भारतको देखिन

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छिन् । 
भारतको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको आफुले पाएको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले नेपाल सरकारसँग भारतीय निकायहरु जोडिरहेको भन्दै उनले सरकार नै परिवर्तन गर्ने आशय नदेखेको बताइन् । परराष्ट्रमन्त्री राणाले भारतमा रहदा भारतलगाएत अन्यदेशका बिदेशमन्त्रीहरुसंग द्विपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जानकारी दिइन् । 

Ncell
Extreme Energy

नेपाल र भारतबीच रहेका विभिन्न द्विपक्षीय संयन्त्रहरूको हालैका बैठकहरूमा भएका प्रगतिहरूको समिक्षा गर्दै अन्य संयन्त्रहरुलाई पनि थप क्रियाशील बनाउने र द्विपक्षीय सहयोगलाई अझ मजबुत बनाउने विषयमा समेत कुराकानी भएको उनले बताइन् । उनले नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेको र नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न अनुरोध गरेको धारणा राखिन् । 

त्यस्तै उनले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक महामहिम रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिदै आएको आवश्यक सहयोगको निरन्तरता हुन र विपिन जोशीको सकुशल रिहाईका लागि सहजीकरण गर्न आग्रह गरेको बताइन् । 

त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रुपमा रहेका ७ जना नेपाली नागरिकहरूको तत्काल रिहाइ र स्वदेश फिर्ताको सहजीकरणका निम्ति गरेको अनुरोध गरिएको र तत्कालै आवश्यक प्रक्रिया सुरु गर्ने प्रतिवद्धता प्राप्त भएको पनि उनले जानकारी दिइन् । समग्रमा आफ्नो भ्रमणले भारत लगायत विभिन्न मित्र राष्ट्रहरुसँग रहेको द्विपक्षीय सम्बन्धलाई थप मजबुत र सुमधुर बनाउन मद्दत पुगेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।