नेभिगेशन
समाज

कुलमान हटाएको विरोधमा माओवादी केन्द्रका जनवर्गीय संगठनको प्रदर्शन

काठमाडौँ । कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन र मोर्चाले काठमाडौँमा प्रदर्शन गरेको छ । घिसिङलाई पदबाट हटाउने निर्णय जनविरोधी भएको भन्दै वाइसिएल लगाएतका माओवादी जनवर्गीय संगठन र मोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागीहरुले ‘अध्यारोको रक्षक: कुशलको भक्षक’, ‘ओलीको सरकार बिचौलियाको मतियार’, ‘कुशल व्यवस्थापक कुलमान घिसिङलाई बर्खास्त गर्न पाईदैन’ लगायतका प्लेकार्डसहित नारावाजी गरेका थिए ।

Ncell
Extreme Energy

माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा दीपशिखाले वर्तमान सरकारले एकपछि अर्को जनविरोधीका काम गर्दै अघि बढेकाले सरकारबिरुद्ध प्रदर्शन गरिएको जानकारी दिए । 

कुलमानलाई बर्खास्त गरेर वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भएकाले त्यसका विरुद्ध सडकमा आउनुपरेको उनले बताए । 

उनले कुलमानको बर्खास्ती खारेजीको माग गर्दै सरकारले माग पुरा नगरे चरणबद्ध कार्यक्रमको घोषणा गरेर अघि बढ्ने चेतावनी दिए । 

उनले कुलमानकै कारण मुलुकबाट बिजुली बेच्ने अवस्था सिर्जना भएको उल्लेख गरे । दीपशिखाले राज्यले एकपछि अर्को गलत काम गर्दै गए आन्दोलन थेग्न नसक्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै