नेभिगेशन
समाज

कुलमान हटाएको विरोधमा माओवादी केन्द्रका जनवर्गीय संगठनको प्रदर्शन

काठमाडौँ । कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन र मोर्चाले काठमाडौँमा प्रदर्शन गरेको छ । घिसिङलाई पदबाट हटाउने निर्णय जनविरोधी भएको भन्दै वाइसिएल लगाएतका माओवादी जनवर्गीय संगठन र मोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागीहरुले ‘अध्यारोको रक्षक: कुशलको भक्षक’, ‘ओलीको सरकार बिचौलियाको मतियार’, ‘कुशल व्यवस्थापक कुलमान घिसिङलाई बर्खास्त गर्न पाईदैन’ लगायतका प्लेकार्डसहित नारावाजी गरेका थिए ।

Marvel
Extreme Energy

माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा दीपशिखाले वर्तमान सरकारले एकपछि अर्को जनविरोधीका काम गर्दै अघि बढेकाले सरकारबिरुद्ध प्रदर्शन गरिएको जानकारी दिए । 

कुलमानलाई बर्खास्त गरेर वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भएकाले त्यसका विरुद्ध सडकमा आउनुपरेको उनले बताए । 

उनले कुलमानको बर्खास्ती खारेजीको माग गर्दै सरकारले माग पुरा नगरे चरणबद्ध कार्यक्रमको घोषणा गरेर अघि बढ्ने चेतावनी दिए । 

उनले कुलमानकै कारण मुलुकबाट बिजुली बेच्ने अवस्था सिर्जना भएको उल्लेख गरे । दीपशिखाले राज्यले एकपछि अर्को गलत काम गर्दै गए आन्दोलन थेग्न नसक्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...