नेभिगेशन
नेताका कुरा

सूचना टाँसेर आजका लागि संसद बैठक स्थगित, भोलि ११ बजेलाई बोलाइयो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरि स्थगित गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बोलाइएको बैठक बिशेष कारणबस निर्धारित समयमा बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजे बस्नेगरि स्थगित गरिएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको सारिएको थियो । दिउँसो २ बजे पनि बस्न नसकेपछि शुक्रबारका लागि बैठक सारिएको हो ।

Ncell
Extreme Energy

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि विपक्षी दलहरूले सदन र सडकबाट विरोध जनाएका छन् ।

उनीहरुले घिसिङलाई बर्खास्त गर्नुपर्ने सरकारको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध कायम राख्ने बिपक्षी दलको अडानका कारण संसद बैठक प्रभावित बनेको हो ।

सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले पहल गरेपनि सहमति भने हुन सकेको छैन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आजको विदेशी मुद्राको विनिमयदर :  अमेरिकी डलरको भाउ १५३.४४  रुपैयाँ पुग्यो

आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ १५३.४४ रुपैयाँ पुग्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४...
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।