नेभिगेशन
समाज

गृहमन्त्रीद्वारा तीनकुने क्षेत्रको निरीक्षण, दोषीलाई कारबाही गर्ने प्रतिवद्धता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजवादीको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौंको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखकले राजावादीहरुले अपराधिक चरित्र देखाएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गर्ने स्पष्ट पारेका हुन् । 

Ncell
Extreme Energy

गृहमन्त्री लेखकले सुरक्षा निकायका अधिकारीसहित तीनकुनेमा भएको आगजनी, बिभिन्न सञ्चारगृहमा भएको तोडफोडका साथै नेकपा एकीकृत समाजवादीको कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गर्नुभएको थियो । उहाले शुक्रबार भएको घटनाको राजनीतिक आदर्श, मूल्यमान्यतासंग कुनै साइनो नरहेको उल्लेख गरे । राजवादीले छानिछानी आगजनी, तोडफोड र लुटपाटको नियोजित घटना घटाएकाले दोषीलाई कारबाही गर्ने उनले बताए । 

शुक्रबार राजावादीहरुले काडमाडौँका बिभिन्न स्थानमा आगजनी, तोडफोडका साथै लुटपाट गरेका थिए । राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेपत्ता बालबालिकाको खोजीमा एआई

बेपत्ता बालबालिकाको खोजीमा एआई

मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ।
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।