नेभिगेशन
समाज

गृहमन्त्रीद्वारा तीनकुने क्षेत्रको निरीक्षण, दोषीलाई कारबाही गर्ने प्रतिवद्धता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजवादीको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौंको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखकले राजावादीहरुले अपराधिक चरित्र देखाएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गर्ने स्पष्ट पारेका हुन् । 

Marvel
Extreme Energy

गृहमन्त्री लेखकले सुरक्षा निकायका अधिकारीसहित तीनकुनेमा भएको आगजनी, बिभिन्न सञ्चारगृहमा भएको तोडफोडका साथै नेकपा एकीकृत समाजवादीको कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गर्नुभएको थियो । उहाले शुक्रबार भएको घटनाको राजनीतिक आदर्श, मूल्यमान्यतासंग कुनै साइनो नरहेको उल्लेख गरे । राजवादीले छानिछानी आगजनी, तोडफोड र लुटपाटको नियोजित घटना घटाएकाले दोषीलाई कारबाही गर्ने उनले बताए । 

शुक्रबार राजावादीहरुले काडमाडौँका बिभिन्न स्थानमा आगजनी, तोडफोडका साथै लुटपाट गरेका थिए । राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो देखियो राम्दीको नयाँ पुल

यस्तो देखियो राम्दीको नयाँ पुल

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको राम्दीको कङ्क्रिट फिल्ड स्टिल ट्युब आर्च ब्रिजको निर्माण पूरा भएको छ ।
एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न नभएपछि लमाहा खोला पुल, लौकाहा खोला पुल र महेन्द्र राजमार्गको...
गगन थापाले सम्बोधनमा भनेका चार कुरा

गगन थापाले सम्बोधनमा भनेका चार कुरा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।