नेभिगेशन
समाज

जनकपुरमा प्रहरी र स्थानीयबीच झडप

जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा स्थानीयले ढुंगामुडा गरेपछि केही प्रहरीहरु घाइते भएका छन् । प्रहरी स्थिती नियन्त्रणमा लिन अश्रु ग्यास समेत प्रहार गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीयहरुले प्रदर्शन गर्दै जनकपुर– जलेश्वर सडक खण्ड अवरुद्ध पारेका थिए । उक्त सडकखण्ड खुलाउने क्रममा प्रहरीले अश्रू ग्यास प्रहार गरेको हो । 

Marvel

गत चैत २ गते स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशु यादव छुरा रोपेर हत्या गरेको विषयमा स्थानीयहरु सडकमा उत्रिएका थिए । छुरा प्रहार गर्ने धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर उनलाई घरबाट बोलाउने, छुरा दिनेहरु फरार छन् । 

स्थानीयहरुले यसअघि पनि चैत १३ गते सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । तर फरार रहेका आरोपीहरुलाई पक्राउ नगरेको भन्दै उनीहरुले फेरि सडक अवरुद्ध गरेका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...