नेभिगेशन
समाज

आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने संस्थानमा २८ करोड बराबरको क्षति

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिव २८ करोड बराबरको क्षति भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिव २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिइन् । 

Ncell
Extreme Energy

आगजनी र तोडफोडका कारण केहिदिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अन्य शाखाहरुबाट नियमित रुपमा सन्चो उत्पादन गर्ने योजना बनाएको उल्लेख गरिन् । आगजनीका कारण सबै जलेर खरानी भएको भन्दै सरकारलगाएत सबैको सहयोगमा अझै शक्तिशाली भएर उठ्ने उनको भनाइ छ । 

२०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड निरन्तर शाखा बिस्तारमा समेत केन्द्रीत रहेको थियो । आगजनी र तोडफोडका कारण शाखा बिस्तारको काम केहि समयलाई रोकिने महाप्रवन्धक यादवले बताइन् । त्यस्तै कम्पनीले सन्चो मह र सन्चो टिमुर ल्याउने तयारी समेत गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक अष्टमातृका नाच (गँः प्याखँ) प्रस्तुत गरिएको छ। नेवार सभ्यता, शक्तिको उपासना र तान्त्रिक परम्परासँग जोडिएको यो नाचमा १३ देवगणले आ–आफ्नो विशिष्ट मुद्रा, भेषभूषा...
एमालेसँग सहकार्य गरी मधेस सरकारमा जाने निर्णय भएको छैन : उपेन्द्र यादव

एमालेसँग सहकार्य गरी मधेस सरकारमा जाने निर्णय भएको छैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले)सँग सहकार्य गरी मधेस सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।
फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्य, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएको समस्याविरुद्ध भएको प्रदर्शन शनिबार, अक्टोबर १७ मा देशव्यापी रूपमा फैलिएको छ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...