नेभिगेशन
समाज

आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने संस्थानमा २८ करोड बराबरको क्षति

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिव २८ करोड बराबरको क्षति भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिव २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिइन् । 

Marvel
Extreme Energy

आगजनी र तोडफोडका कारण केहिदिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अन्य शाखाहरुबाट नियमित रुपमा सन्चो उत्पादन गर्ने योजना बनाएको उल्लेख गरिन् । आगजनीका कारण सबै जलेर खरानी भएको भन्दै सरकारलगाएत सबैको सहयोगमा अझै शक्तिशाली भएर उठ्ने उनको भनाइ छ । 

२०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड निरन्तर शाखा बिस्तारमा समेत केन्द्रीत रहेको थियो । आगजनी र तोडफोडका कारण शाखा बिस्तारको काम केहि समयलाई रोकिने महाप्रवन्धक यादवले बताइन् । त्यस्तै कम्पनीले सन्चो मह र सन्चो टिमुर ल्याउने तयारी समेत गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको नाम प्रहरीले सार्वजनिक गरेको छ।
देश ठूलो संकटतर्फ उन्मुख भएको बाबुराम भट्टराईको टिप्पणी

देश ठूलो संकटतर्फ उन्मुख भएको बाबुराम भट्टराईको टिप्पणी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतर्फ उन्मुख भइरहेको भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्न आग्रह गरेका छन्।
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।