नेभिगेशन

सिधाकुरा विशेष

टोखामा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल (भिडियाे)

काठमाडौँ । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको सिन्धुपाल्चोकका नारायण पौडेल भएको खुलेको छ । राजश्व अनुसन्धान विभागका अनुसार सिन्धुपाल्चोक भोटेकोशी ५ स्थायी ठेगाना भएका उनी काठमाडौको टोखा नगरपालिका १० महादेवटार  बस्दै आएका छन् । विभाग स्रोतका अनुसार अहिलेसम्मको अनुसन्धानबाट उनलेनै कुसान लामा फुच्चेलाई २५ करोड दिएको पाइएको छ । 

लामाले पौडेलको बारेमा केहि नखुलाएपछि अन्ति पटक उनैसँग कुराकानी भएको देखिएको र बैंकिक कारोबार समेत अस्वभाविक देखिएको छ। पौडेलेको घर, कारोबार स्थल, गोदाममा खानतलासी गरी ती क्षेत्रको सीसीटिभी फुटेज समेत बरामद गरेको विभागले जनाएको छ । 

गत चैत ४ गते  अपराधन अनुसन्धान महाशाखाले काठमाडौ टोखाबाट ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीन तर्फ जान लागेका  सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।

उनको साथमा अमेरिकी डलर १ सय दरका नोटहरू ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरू १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद गरिएको थियो । मालिक पत्ता लगाएसँगै अदालतबाट पक्राउ पुर्जी लिई उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सिधाकुरा विशेष
रास्वपासँग कुलमानको महत्वकाङ्क्षी पाँच बार्गेनिङ,जसले एकता भङ्ग गरायो

रास्वपासँग कुलमानको महत्वकाङ्क्षी पाँच बार्गेनिङ,जसले एकता भङ्ग गरायो

उच्च स्रोतकाअनुसार कुलमानले आफूलाई रास्वपाको वरिष्ठ उपसभापति पद माग गरेका थिए । जबकी पुस १४ गते भएको सहमतिमा वर्णानुक्रमअनुसार उपसभापति त्रेयको नाम राखिएको थियो । सहमतिका बखत पनि...