नेभिगेशन
नेताका कुरा

भाटभटेनी लुटपाटमा संलग्न भनिएका डा. राज कुमार राई पार्टीबाट तीन महिनाअघि नै अलग्गिएका थिएः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा रास्वपाका नेता संलग्न भएको भन्ने समाचारमा सत्यता नभएको जनाएको छ । रास्वपाले केही मिडियामा प्रस्तुत समाचार र सामाजिक सञ्जालमा आएका विभिन्न पोस्टप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा केन्द्रीय संगठन विभागले एक विज्ञप्ती गर्दै खोटाङका डा. राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरु विगत करिब ३ महिना अगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेको जानकारी गराएको छ । 

Ncell
Extreme Energy

‘हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ । उनीहरु रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरुमा जानकारी गराइन्छ ।’ विज्ञप्तीमा भनिएको छ । 

त्यस्तै कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानुनको दायरामा आउनुपर्ने र पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।