नेभिगेशन
मुख्य समाचार

बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

बैङ्कक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ ।

यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले पत्रकार सम्मेलन गरेकी छन् ।

City Express

प्रस्तावमा बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र  थाइल्याण्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता–जनताको सम्पर्क विस्तारका विषयहरू रहेका छन् । 

थाई प्रधानमन्त्री शिनावात्राले शिखर सम्मेलनको सम्मुखमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक थाइल्याण्डको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताइन् । नेपालका प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको एक दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि औपचारिक थाइल्याण्ड भ्रमण भएको थियो ।

शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखले सम्बोधन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण (तस्बिरहरु)

शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण (तस्बिरहरु)

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक र प्रख्यात वैज्ञमनिक महाबीर पुनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन् ।
एक लाख घुस रकम सहित लेखा अधिकृत पक्राउ

एक लाख घुस रकम सहित लेखा अधिकृत पक्राउ

गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर रु एक लाख घुससहित नियन्त्रणमा लिएको हो...
तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.६ ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको र सो ट्रक...