नेभिगेशन
नेताका कुरा

दुर्गा प्रसाईँको खोजी भईरहेको छ, कहिले पक्राउ पर्छन भन्न सकिन्नः आईजीपी थापा

काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले रावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी चलिररहेको जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा  आइजीपी थापाले प्रसाईँलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जानकारी गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा आइजीपी थापाले तीनकुने घटनामा पक्राउ परेका र कसलाई कुन कसुर अनुसन्धान भईरहेको छ भन्नेबारे समितिमा ब्रिफिङ गरेका थिए । सोही क्रममा समितिका सभापति रामहरि खतिवडाले ‘कुल समातियो, मुल समातिएन’ भनेर प्रश्न गरेका थिए । त्यसपछि आईजीपी थापाले भने, ‘मूल समात्नको लागि गृहमन्त्रीज्यूसँगको सहकार्यमा कुन कसुरमा हो भनेर हेर्दैछौँ ।’ 

Ncell
Extreme Energy

आइजीपी थापाका अनुसार तीनकुने घटनामा २० जनाविरुद्ध राज्यविरुद्धको अपराधमा अनुसन्धान भईरहेको छ भने ५८ जनाविरुद्ध आपराधिक उपद्रव अन्तर्गत अनुसन्धान भईहरेको छ । 

थापाले प्रसाईँ कहिलेसम्म पक्राउ भन्नेबारे एकिन गर्न नसकिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।