नेभिगेशन
मुख्य समाचार

दुर्गा प्रसाईँको खोजी भईरहेको छ, कहिले पक्राउ पर्छन भन्न सकिन्नः आईजीपी थापा

काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले रावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी चलिररहेको जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा  आइजीपी थापाले प्रसाईँलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जानकारी गराएका हुन् । 

बैठकमा आइजीपी थापाले तीनकुने घटनामा पक्राउ परेका र कसलाई कुन कसुर अनुसन्धान भईरहेको छ भन्नेबारे समितिमा ब्रिफिङ गरेका थिए । सोही क्रममा समितिका सभापति रामहरि खतिवडाले ‘कुल समातियो, मुल समातिएन’ भनेर प्रश्न गरेका थिए । त्यसपछि आईजीपी थापाले भने, ‘मूल समात्नको लागि गृहमन्त्रीज्यूसँगको सहकार्यमा कुन कसुरमा हो भनेर हेर्दैछौँ ।’ 

City Express

आइजीपी थापाका अनुसार तीनकुने घटनामा २० जनाविरुद्ध राज्यविरुद्धको अपराधमा अनुसन्धान भईरहेको छ भने ५८ जनाविरुद्ध आपराधिक उपद्रव अन्तर्गत अनुसन्धान भईहरेको छ । 

थापाले प्रसाईँ कहिलेसम्म पक्राउ भन्नेबारे एकिन गर्न नसकिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण (तस्बिरहरु)

शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण (तस्बिरहरु)

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक र प्रख्यात वैज्ञमनिक महाबीर पुनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन् ।
एक लाख घुस रकम सहित लेखा अधिकृत पक्राउ

एक लाख घुस रकम सहित लेखा अधिकृत पक्राउ

गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर रु एक लाख घुससहित नियन्त्रणमा लिएको हो...
तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.६ ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको र सो ट्रक...