नेभिगेशन
नेताका कुरा

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । 

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति झापा क्षेत्र नं ४ प्रदेशसभा (१) को कार्यालय भवनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले गणतन्त्रको विरुद्ध भइरहेका अवाञ्छित गतिविधि देश र जनताको पक्षमा उपयुक्त नहुने बताए । 

CG

राजसंस्थाले आधा भन्दा धेरै जनसङ्ख्या भएका महिलालाई राजा हुनबाट वञ्चित गराएको उल्लेख गर्दै उनले अब एकल जाति, लिङ्गीलाई फेरि पनि देशको शासन व्यवस्थामा ल्याउने कुरा केवल गफ गर्ने मेलोमात्र हुने उनको भनाइ थियो । 

गणतन्त्रको संस्थागत विकासमा कैयौँ चुनौती देखिए पनि त्यसलाई अवसरसँगै चुनौतीका रूपमा काम गर्नतर्फ लाग्नुपर्ने महामन्त्री शर्माको जोड छ । उनले कांग्रेस प्रदेशसभा (१) को नवनिर्मित कार्यालयसहित बिपी भवन निर्माणमा सहयोग गर्ने दाता तथा जग्गादातालाई सम्मान गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...