नेभिगेशन
समाज

आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु

नवलपुर । यहाँ आगलागीका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ३८ वटा घटना भएका छन् ।  शुक्रबार मात्रै दिउँसो करिब २ः३० बजे यहाँको विनयी त्रिवेणी गाउँपालिका–२ मा आगलागी भयो । तामाङटोलस्थित नवीन पुनको दुईतले टिनको घरमा लागेको आगलागीबाट दुईवटा भैँसी र तीनवटा बाख्रा मरे । आगलागीबाट भएको क्षतिको थप विवतरण प्रहरीले सङ्कलन गरिरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही दिन दिउँसो करिब तीन बजे जिल्लाकै हुप्सेकोट–४ शङ्खदेव गाउँका रनबहादुर राईको परालको टौवामा आगलागी भयो । बच्चाले सलाई खेलाउँदा भएको आगलागीबाट परालको टौवामा क्षति पुग्यो भन्ने तत्काल आगो नियन्त्रणमा आउँदा थप क्षति हुन पाएन । यस्तै, बिहीबार दिउँसो तीन बजेतिर गैँडाकोट–१ को इँट्टाभट्टाचोकमा श्रीप्रसाद न्यौपानेको परालको टौवामा आगो सल्कियो । आगलागीबाट १२ कठ्ठाको परालमा क्षति पुग्यो भने गोठ जलेर खरानी भयो । पशुचौपाया एवम् मानवीय क्षति भने हुन पाएन । 

Marvel

जिल्लामा व्यक्तिगत सम्पत्तिमा हुने आगलागीका घटना प्रायः दिउँसोकै समयमा हुने गरेका छन् । जिल्लामा भएका सबै घटनाका कारण नखुले पनि मानवीय त्रुटीले आगलागी धेरै घटना हुने गरेका प्रहरीले जनाएको छ । । 

जिल्लामा यस वर्षमात्रै आगलागीमा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार चालु आवमा  ३८ वटा आगलागीका घटनामध्ये तीनवटा घटनामा परी तीन जनाको मृत्यु भएको हो । चैतमा मात्रै यहाँ १३ वटा घटना भएका छन्, जसमध्ये पाँचवटा व्यक्तिगत सम्पत्ति एवम् आठ वटा वनमा आगलागीका छन् ।   जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले फागुन, माघ र साउनमा भएको आगलागीबाट तीन जनाको मृत्यु भएको जानकारी दिए । “आगलागीबाट जिल्लामा नौ महिनाको अवधिमा तीनजनाको मृत्यु हुँदा आठ जना घाइते भएका छन्”, उनले भने“आगलागीबाट रु ६१ लाख २१ हजार बजारको व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ । एक हजार ६०० कुखुरा, दुई भैँसी, तीन वटा बाख्रा मरेका छन् ।”

नेपालका अनुसार यहाँ आगलागीले पाँचवटा घरमा आंशिक क्षति भएको छ । सात गोठ र नौ परालको टौवामा पूर्ण क्षति पुगेको छ । यस्तै, एउटा विद्यालय र एउटा गोठमा आंशिक क्षति हुन पुगेको छ । गत पुस महिनामा भएको आगलागीमा एउटा कारमा समेत क्षति पुगेको सूचना अधिकारी नेपालले बताए । 

जिल्लामा भएका साउन र असोजमा तीन÷तीन, कात्तिक र मङ्सिरमा पाँच÷पाँच, पुसमा सात, माघमा छ, फागुनमा चार, चैतमा पाँचवटा आगलागीका घटना भएका छन् । सुख्खा मौसममा आगलागीका घटना बढ्ने गरे पनि नियन्त्रणका लागि वारुण यन्त्र(९दमकल) नहुँदा समस्या हुने गरेको छ । यहाँका आठ पालिकामध्ये कावासोती र देवचुली गरी दुई नगरपालिकासँग मात्रै एक÷एक वटा दमकल रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल पारेको र ४८ लडाकु मारेको सेनाको दाबी

नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल पारेको र ४८ लडाकु मारेको सेनाको दाबी

नाइजेरियाली सेनाले उत्तरपूर्वी बोर्नो र योबे राज्यका दुई सैन्य अखडामा भएका आक्रमण विफल पारेको र त्यस क्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) का कम्तीमा ४८ जना संदिग्ध...
नेपाली गेमिङ उद्योगलाई सहज नीति र कर छुटको व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाली गेमिङ उद्योगलाई सहज नीति र कर छुटको व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली गेमिङ उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहज नीति, कर व्यवस्था र व्यावसायिक वातावरण निर्माण गर्ने बताएका छन् ।
विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह

विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्भावित विपद्को जोखिम न्यूनीकरण र जनधनको सुरक्षा गर्न सबै पक्षसँग सहकार्यको अपिल गरेका छन् ।
अपराह्नपछि होला मौसममा सुधार ?

अपराह्नपछि होला मौसममा सुधार ?

चक्रवात ‘अर्नब’को अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ ।