नेभिगेशन

सिधाकुरा विशेष

प्रतिशोधको खेल, रविलाई जेल !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान हुनुभएको छ । दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिनुभएका लामिछाने आज जिल्ला कारागार चलान भएका छन् । 

सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उहाँलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उनलाई थुनुवा पुर्जी दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो । जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताए । 

लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उहाँलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

सोमबार बिहान अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । 

त्यस्तै, जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सिधाकुरा विशेष
ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानले पनि शत्रुहरूबाट आफ्नो न्युक्लियर साइटहरु फोर्डो, नताञ्ज र इस्फाहानमा आक्रमण भएको पुष्टि गरेको छ । तर, उसले आक्रमणबाट भएको क्षतिबारे स्पष्ट केही भनेको छैन् ।  तर, तेहरानबाट...
कारागारबाट रवि लामिछानेको अपिलः म रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ(पूर्णपाठ)

कारागारबाट रवि लामिछानेको अपिलः म रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ(पूर्णपाठ)

सबैले मेरै बलि चढाउने भाकल गरेका छन्। कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने। म एउटा मान्छे...
केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

'राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन !', एमालेका वाचाल नेता, तत्कालीन महासचिव मदनकुमार भण्डारी बारम्बार यसो भनिरहन्थे। तिक्तता र शत्रुता भुलेर सङ्गठन र पार्टी निर्माणमा जुट्न एमाले नेताहरूलाई...
कर्णालीको मुद्दा सुनाउन काठमाडौँ आएका नवराज ‘भेडा’लाई सरकारको जुत्ता उपहार !

कर्णालीको मुद्दा सुनाउन काठमाडौँ आएका नवराज ‘भेडा’लाई सरकारको जुत्ता उपहार !

जुन कालोपत्रेमा हिँड्दा ठेस लाग्थ्यो, त्यो सडकमा भ्रष्टाचार भएको अनुभूति हुन्थ्यो भने जहाँ हिँड्दा चिल्लो, आनन्दित महसुस हुन्थ्यो, त्यहाँ राम्रो काम भएको अनुभूति हुने गरेको नवराज बताउँछन् ।