नेभिगेशन
समाज

बागमतीमा डुबेर एक जनाको मृत्यु

रौतहट । जिल्लाको वृन्दावन नगरपालिका–१ बलेरी स्थित  बागमती खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार मृत्यु हुनेमा वृन्दावन नगरपालिका वडा नम्बर १ बस्ने तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजा रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती खोलाको उत्खननपछि बनेको खाडलमा जमेको पानीमा डुबेर मंगलबार दिउँसो उनको मृत्यु भएको बताइएको छ  । खाडलको औसत गहिराइ पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ । स्थानीयवासीका अनुसार उत्खननपछि बनेको खाडलमा नुहाउन गएको बेला अर्जुनको डुबेर  मृत्यु भएको हो ।

Marvel
Extreme Energy

घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...