नेभिगेशन
समाज

वीरगंज तनावग्रस्त, शोभायात्रामा ढुङ्गा हानेको भन्दै झडप र तोडफोड

वीरगंज। पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैया तनावग्रस्त बनेको छ । हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेको भन्दै युवाहरु तोडफोडमा उत्रिएका छन् । पर्साको प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार अवस्था नियन्त्रण लिन खोज्दा प्रहरीसँगै झडप भएको छ भने प्रहरीले लाठीचार्ज र अश्रुग्याँस हानेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीका अनुसार, धार्मिक जुलुस निस्कँदै गर्दा केही व्यक्तिहरूले ढुङगामुढा गरेपछि स्थिति बिग्रिएको हो । त्यसपछि दुई पक्षबीच चर्काचर्की र झडप सुरु भएकाे थियो । झडपका क्रममा ढुंगामुढा भएको थियो भने केही व्यक्तिहरूले पसलहरूमा तोडफोड गरेका छन् ।

Marvel
Extreme Energy

झडपका क्रममा छपकैया क्षेत्रमा रहेका केही सटर र घरहरूमा क्षति पुगेको छ भने केही मोटरसाइकलमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार, केही व्यक्तिहरूले जुलुस लक्षित गरी योजना बनाएर उक्साएर घटना भएकाे हाे । घटनामा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।

घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अफवाहमा नपर्न र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ । प्रहरीले हाल स्थिति नियन्त्रणमा रहेको जनाएको छ । 

झडपका क्रममा सामान्य घाइते भएका केही व्यक्तिहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । भने घटनापछि छपकैया आसपासका क्षेत्रमा भिडभाड नगर्न प्रहरीले आग्रह गरेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...