नेभिगेशन
समाज

वीरगंज तनावग्रस्त, शोभायात्रामा ढुङ्गा हानेको भन्दै झडप र तोडफोड

वीरगंज। पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैया तनावग्रस्त बनेको छ । हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेको भन्दै युवाहरु तोडफोडमा उत्रिएका छन् । पर्साको प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार अवस्था नियन्त्रण लिन खोज्दा प्रहरीसँगै झडप भएको छ भने प्रहरीले लाठीचार्ज र अश्रुग्याँस हानेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीका अनुसार, धार्मिक जुलुस निस्कँदै गर्दा केही व्यक्तिहरूले ढुङगामुढा गरेपछि स्थिति बिग्रिएको हो । त्यसपछि दुई पक्षबीच चर्काचर्की र झडप सुरु भएकाे थियो । झडपका क्रममा ढुंगामुढा भएको थियो भने केही व्यक्तिहरूले पसलहरूमा तोडफोड गरेका छन् ।

Ncell
Extreme Energy

झडपका क्रममा छपकैया क्षेत्रमा रहेका केही सटर र घरहरूमा क्षति पुगेको छ भने केही मोटरसाइकलमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार, केही व्यक्तिहरूले जुलुस लक्षित गरी योजना बनाएर उक्साएर घटना भएकाे हाे । घटनामा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।

घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अफवाहमा नपर्न र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ । प्रहरीले हाल स्थिति नियन्त्रणमा रहेको जनाएको छ । 

झडपका क्रममा सामान्य घाइते भएका केही व्यक्तिहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । भने घटनापछि छपकैया आसपासका क्षेत्रमा भिडभाड नगर्न प्रहरीले आग्रह गरेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आधिकारिक साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ ।