नेभिगेशन
समाज

अवैध हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको राजदेवी नगरपालिका स्थित नेपाल भारत सीमा क्षेत्रबाट अबैध हतियार, लागुऔषध सहित सशस्त्र प्रहरीले एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका प्रमुख सन्तोश बस्नेतका अनुसार शनिबार राति ९ः१० बजेको समयमा नेपाल भारत सीमा क्षेत्रमा पर्ने राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा नाका स्थित जयसवाल मदिरा पसल बाहिर रक्सी सेवन गरेर हो हल्ला एवं झै झगडा गरिरहेको प्राप्त सुचनाका आधारमा यस गणबाट खटियका गस्ती टोलीले भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ बर्षीय किशन कुमारलाई नियन्त्रणमा लिइएको हो । 

Ncell
Extreme Energy

किशनलाई लिएर चेकजाँच गर्दा उनको शरीरबाट लगपिन र म्यागजिन नभएको कम्पनीको नाम नखुलेको पेस्तोल एक थान, लागुऔषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोवाइल १ थान बरामद गरिएको सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले जानकारी दिए ।

अबैध हतियार, लागुऔषध सहित भारतीय नागरिक किशनकुमार लाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।