नेभिगेशन
समाज

‘सरकार परिवर्तन हुने कुरा प्रचण्डको कुण्ठा मात्रै’ : एमाले

काठमाडौँ । नेकपा एमालेले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले नयाँ वर्षसँगै सरकार फेरिने प्रचण्डको अभिव्यक्ति खारेज गर्दै अहिले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेको हो । बैठकले सरकार परिवर्तनसम्बन्धी प्रचण्डको अभिव्यक्ति सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध मात्रै भएको निष्कर्ष निकालेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अहिले सरकार परिवर्तनको सम्भावना र सान्दर्भिकता नरहेको उनले बताए । सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्ता मोहबाहेक केही नभएको उनले बताए । 

Ncell
Extreme Energy

त्यस्तै एमाले बैठकले नयाँ बर्षका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिले अहिलेका उपलब्धीलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता देखिएको भन्दै आपत्ति प्रकट गरेको छ । आपराधिक घटनालाई जनतामा आएको जागरण भन्दै पूर्वराजा शाहले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले यसखालका कुनै पनि क्रियाकलाप नगर्न पूर्वराजालाई सचेत गराएको ज्ञवालीले बताए ।

उनले  चैत्र १५ गते काठमाडौँमा भएको घटनामा पूर्वराजा शाह नै जवाफदेही हुनुपर्ने बताए । ज्ञवालीले उक्त घटनाको अनुसन्धान गदै जाँदा प्रमाणका आधारमा दोषी देखिएकालाई कारावाही हुनुपर्ने जिकिर गरे । त्यस्तै सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापनाको ७६ औँ वर्षगाँठका अवसरमा कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नेे विशिष्ट योद्धाहरूलाई सम्मान गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए । 

उनले पार्टी स्थापनाका अवसरमा लालबहादुर विश्वकर्मा ,  रत्न शर्मा न्यौपाने (मरणोपरान्त), शोभाराम बस्नेत, वाचस्पति देवकोटा, शान्ता मानवी, सत्य नारायण मण्डल र हरिचरण सिवाकोटीलाई सम्मान गरिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।