नेभिगेशन
समाज

‘सरकार परिवर्तन हुने कुरा प्रचण्डको कुण्ठा मात्रै’ : एमाले

काठमाडौँ । नेकपा एमालेले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले नयाँ वर्षसँगै सरकार फेरिने प्रचण्डको अभिव्यक्ति खारेज गर्दै अहिले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेको हो । बैठकले सरकार परिवर्तनसम्बन्धी प्रचण्डको अभिव्यक्ति सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध मात्रै भएको निष्कर्ष निकालेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अहिले सरकार परिवर्तनको सम्भावना र सान्दर्भिकता नरहेको उनले बताए । सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्ता मोहबाहेक केही नभएको उनले बताए । 

Marvel
Extreme Energy

त्यस्तै एमाले बैठकले नयाँ बर्षका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिले अहिलेका उपलब्धीलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता देखिएको भन्दै आपत्ति प्रकट गरेको छ । आपराधिक घटनालाई जनतामा आएको जागरण भन्दै पूर्वराजा शाहले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले यसखालका कुनै पनि क्रियाकलाप नगर्न पूर्वराजालाई सचेत गराएको ज्ञवालीले बताए ।

उनले  चैत्र १५ गते काठमाडौँमा भएको घटनामा पूर्वराजा शाह नै जवाफदेही हुनुपर्ने बताए । ज्ञवालीले उक्त घटनाको अनुसन्धान गदै जाँदा प्रमाणका आधारमा दोषी देखिएकालाई कारावाही हुनुपर्ने जिकिर गरे । त्यस्तै सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापनाको ७६ औँ वर्षगाँठका अवसरमा कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नेे विशिष्ट योद्धाहरूलाई सम्मान गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए । 

उनले पार्टी स्थापनाका अवसरमा लालबहादुर विश्वकर्मा ,  रत्न शर्मा न्यौपाने (मरणोपरान्त), शोभाराम बस्नेत, वाचस्पति देवकोटा, शान्ता मानवी, सत्य नारायण मण्डल र हरिचरण सिवाकोटीलाई सम्मान गरिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...