नेभिगेशन
समाज

सरकार ट्याक्टरको स्पिडमा चल्यो, हामी रामराम भन्ने अवस्थामा छौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार  ट्याक्टरको स्पिडमा चलेको बताएका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सरकारले द्रूत गतिमा काम डेलिभरी गर्न नसकेको भन्दो आलोचना गरे । उनले भने  ‘ देशलाई कंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ’।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस एमाले गठबन्धनको सरकारको जिम्मेवारीमा नरहेरै सहयोग गर्न तयार भएको स्मरण गराउँदै उनले तर आफूले जोतिएर सरकारलाई सहयोग गर्दा पनि नागरिक सन्तुष्ट हुने काम नभएको बताए । 
थापाले सरकारले गति बढाएर काम गरेको भए अहिले सडकमा आन्दोलन देख्नु पर्ने अवस्था नै नआउने उनको भनाइ छ । ‘ स्पिडमा काम गरेको भए शिक्षकहरु आन्दोलनमा आउनुपर्ने थिएन । सरकारीको अवस्था त्यस्तै छ’, उनले भने ‘सरकारले चलाउन नपर्ने कुरा चलाएर सडकमा आउन बाध्य बनाएको छ । यो कुराले हामीलाई रामराम भन्ने हो, गर्ने के त भन्ने बनाएको छ ।’

Ncell
Extreme Energy

थापाले भने ‘एमालेसँग मिलेर दुई ठूला सरकारले संविधानमा संशोधन गर्दै सरकार सञ्चालन र सुशासनमा व्यापक सुधार गर्छौँ भन्ने सोचेका थियौ । मलाई सरकारमा बसेर भूमिका खेल्ने प्रस्ताव आउँदा सरकारमा सहभागी हुन्न तर बाहिर बसेर यसलाई सफल बनाउने सन्दर्भमा वार फुटिङमा काम गर्छु, व्यक्तिगतरुपमा जोखिम उठाउन र घाउ खान तयार भएको हो । गाली खान तयार भएर शुरुमा जोतिएर काम गरेको हो । खासगरी इकोनोमिक फ्रन्टमा काम गर्ने भनेर उत्साहका साथ धेरै कुरा बदल्न सकिन्छ भनेर गरेको हो । देशलाई चाहिएको कंकर्डको गति हो तर तर सरकार ट्याक्टरको गतिमा छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीपत्नी सविनाको एपेन्डिसाइटिस शल्यक्रिया,  स्वास्थ्यावस्था सामान्य

प्रधानमन्त्रीपत्नी सविनाको एपेन्डिसाइटिस शल्यक्रिया, स्वास्थ्यावस्था सामान्य

प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेको त्रिवि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।
निम्सदाईकाे परिकल्पना र नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

निम्सदाईकाे परिकल्पना र नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको पोर्टर हाउसले हिमाली क्षेत्रमा काम गर्ने भरियाहरूलाई सुरक्षित आश्रय र विश्रामको सुविधा प्रदान गर्दै आएको छ । हिमाली पर्यटनलाई...
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको...

भर्खरै