नेभिगेशन
समाज

२५ करोड बोक्ने 'फुच्चे' चालक र नगदका मालिक पौडेलविरुद्ध मुद्दा दायर

नेपालबाट चीन तर्फ लैजाँदै गरेको २५ करोड सहित पक्राउ परेको फुच्चे भनिने कुसाङ लामा र नगदका मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजश्व अनुसन्धान विभागले नगद बोकेको ट्रकका चालक लामा र उनलाई नगद दिने पौडेललाई विदेशी विनिमय(नियमन गर्ने) ऐन २०१९ को दफा ३,४,५ र ९ को कसुरमा सजाय माग गर्दै मुद्दा अभियोजन गरेको जनाएको छ । 

Marvel
Extreme Energy

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको चैत ४ गते लामालाई युरो १३ लाख ७५ हजार १५०, अमेरिकी डलर ३ लाख २० हजार ८५० सहित टोखा नगरपालिका २ झोरस्थित सडकबाट पक्राउ गरेको थियो । 

उनले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरमा उक्त रकम बरामद भएको थियो। चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइ लुकाएको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा उक्त रकम बरामद गरेको थियो। 

उक्त मुद्रा सोही दिनको राष्ट्र बैंकको विनिमय दरअनुसार नेपाली रुपैयाँ २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा लामालाई सुन तस्करीका लागि चीन तर्फ पठाउन पौडेललेनै नगद दिएको भेटिएको राजश्व अनुसन्धान विभागले जनाएको थियो । अहिले फरार रहेको पौडेललाई अदालतबाट म्याद जारी गर्न माग गर्दै मुद्दा दायर भएको हो । 

बरामद भएको रकम बराबर नै उनीहरूविरुद्ध बिगो कायम गरिएको छ। यस्तै सोही ऐनको दफा १७ को उपदफा ९१० बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ को उपदफा ९९० बमोजिम थप सजायसमेत माग गरिएको छ। कुसाङ लामा सुन पैठारीको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०७४ असार २६ गते दोषि ठहर भएका थिए।

उक्त सजाय भुक्तान गरेको ५ वर्षभित्र अर्को कसुर गरेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ ९२० बमोजिम थप सजाय हुन पनि माग गरिएको छ। यस्तै बरामद भएको विदेशी मुद्रा र ट्रक पनि जफत गर्न माग गरिएको छ। 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...