नेभिगेशन
समाज

वीरगञ्जमा फेरि तनावः दोषीलाई कारबाही गर्ने सहमति २४ घण्टा नपुग्दै पुनः प्रदर्शन, एक पत्रकारको टाउको फुट्यो

वीरगंज । वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको जुलुस लक्षित झडपपछि उत्पन्न भएको तनाव शान्त पार्न आइतबार सर्वपक्षीय सहमति जुटाएको २४ घण्टा नबित्दै पुनः विरोध र प्रदर्शन सुरु भएपछि स्थिति तनावपूर्ण बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने र कसैले पनि त्यसमा अवरोध नगर्ने सहमति भएको थियो । तर सोमबार दुवै समुदायका केही व्यक्तिहरुलाई पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय र घण्टाघर अगाडी विवाद चर्किँदा प्रहरीको लाठि चार्जबाट एक पत्रकारको टाउको फुटेको छ । 

Ncell
Extreme Energy

प्रदर्शनको क्रममा स्थिति आक्रोशपूर्ण बन्दै गएपछि एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ताको टाउँको फुटेको छ । समाचार संकलनका लागि घटनास्थलमा पुगेका पत्रकार गुप्ताको टाउकोमा चोट लागेको छ भने अहिले उनको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भैरहेको छ ।

घटनापछि पत्रकार संगठनहरूले आक्रोश व्यक्त गर्दै पत्रकारमाथिको आक्रमण प्रेस स्वतन्त्रतामाथिको कुठाराघात भएको बताएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखा, प्रदेशका पदाधिकारीहरु अस्पताल पुगेका छन् । 

यसअघि शनिबार वीरगञ्जको घण्टाघरबाट सुरु भएको हनुमान जयन्तीको जुलुस छपकैयामा पुग्दा दुई समुदायबीच झडप भएको थियो । यसबारे प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको भए पनि स्थिति नियन्त्रणमा ल्याउन सुरक्षा सतर्कता बढाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक...