नेभिगेशन
समाज

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछामार्ने दुस्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताएका छन् । 
     
नेवाः राष्ट्रिय मुक्तिमोर्चाद्वारा आज काठमाडौँको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए। नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले विभिन्न कारणले संविधान जारी हुनेबेला केही मुद्दा छाडे पनि माओवादी आफ्ना मुद्दाबाट पछि नहटेको धारणा राखे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वप्रधानमन्त्री दाहालले समाजवादको भ्रुण नेवार समुदायको इतिहास, भाषा, संस्कृतिमा र उत्पादनमा समेत  रहेका बताए । उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको धारणा राखे । “नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । नेवार समुदायका कतिपय माग सम्बोधन गर्न आफ्नो सरकारको पालामा ठूलै सङ्घर्ष गर्नुपरेको थियो”, पूर्वप्रधानमन्त्री दाहालले भने, “नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् मेरै नेतृत्वमा घोषणा भयो । नेपाल भाषालाई सरकारी दस्ताबेजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय भयो । हाम्रै सल्लाहमा प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।” 

Marvel
Extreme Energy

उनले नेवार समुदायको चाहना, संस्कृति, भाषा, इतिहास, आत्मनिर्णयको अधिकार र इतिहास हराउन नदिन माओवादी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

सरकार भरोसा र विश्वास गुमाउँदै डर र भयको वातावरण सिर्जना गरेर शासन गर्न खोज्दैछः सभापति थापा
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।