नेभिगेशन
समाज

‘सत्ता तपाईँको होला देश हाम्रो पनि हो, बेलैमा जिम्मेवार बन्नुस्’ : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको रवैया प्रति गम्भीर आफ्नो गम्भीर सरोकार रहेको जनाएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले भिडियो सन्देशमार्फत सत्ता भएकालाई समस्या जटिल हुनु भन्दा पहिले नै गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्ला दिनमा शिक्षकहरु सडकमा रहेको्, कर्मचारीहरु पनि आन्दोलनको संघारमा रहेको तथा व्यापारीहरु आफ्नो ब्यापारको बारेमा चिन्तित रहेको उल्लेख गर्दै ‘यो सबैमा सरकार के गरिराखेको छ ?’ भनी प्रश्न गरे । ‘प्रधानमन्त्री बिभिन्न ठाउँमा कार्यकर्ता भेला गरेर उखान टुक्का सुनाईरहनुभएको छ । संभवतः उहाँहरुसरकार यसरी नै चलाइन्छ भनेर सोच्नुहुन्छ होला । तर सरकार यसरी चल्दैन ।’ उनले भने । 

Marvel
Extreme Energy

उनले शिक्षकहरुको न्यायोचित माग सम्बोधनको लागि सदनमा आवाज उठाउन केन्द्रीय समितिले निर्देशन दिएको बताउँदै त्यसको तयारी भईरहेको बताए । 

विश्व जगत अमेरिकाले अभ्यास गरिरहेको कर नीतिको  विषयमा गभ्मीर सरोकार राखेर पुनर्विचार गर्न पहल गरिरहेको र आफ्नो व्यापार वृद्धिको लागि पहल गरिरहेको उल्लेख गर्दै हाम्रो उद्योगमन्त्री भने चुरोट र रक्सीको लाइसेन्स विक्रिमा व्यस्त भएको आरोप समेत लगाए ।

उनले सरकार गभर्नर नियुक्तिको रुमल्लिएको आरोप पनि लगाए । ‘एक महिना अगाडि हुनुपर्ने गभर्नर नियुक्तिको लागि गठित समितिले एउटा पनि बैठक आयोजना गरेको छैन । पहल पनि गरेको छैन ।’ झाले भने, ‘यसमा सत्तामा रहेको २ ओटा दलको सहमति जुट्न सकेको छैन । र बिभिन्न विचौलियाहरु सक्रिय भईराखेका छन् ।’
उनले यो सबै विषयमा रास्वपाले सरोकार राख्ने बताएका छन् । ‘सत्ता तपाईँको होला, देश हाम्रो पनि हो ।’ राज्यमा तपाईँ हुनुहुन्छ होला राज्यको अंग हामी पनि हौँ । त्यसैले गर्दा हाम्रो गम्भीर सरोकार छ, सबैलाई गम्भिर भईदिन अनुरोध गर्न चाहन्छौँ । 

उनले हिजो भारतको कश्मिरमा भएको आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको घटनामा नेपाल र भारतमा रहेका दुई देशका दूतावास, पराराष्ट्र मन्त्रालय, तथा सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न आह्वान गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...