नेभिगेशन
समाज

‘सत्ता तपाईँको होला देश हाम्रो पनि हो, बेलैमा जिम्मेवार बन्नुस्’ : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको रवैया प्रति गम्भीर आफ्नो गम्भीर सरोकार रहेको जनाएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले भिडियो सन्देशमार्फत सत्ता भएकालाई समस्या जटिल हुनु भन्दा पहिले नै गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्ला दिनमा शिक्षकहरु सडकमा रहेको्, कर्मचारीहरु पनि आन्दोलनको संघारमा रहेको तथा व्यापारीहरु आफ्नो ब्यापारको बारेमा चिन्तित रहेको उल्लेख गर्दै ‘यो सबैमा सरकार के गरिराखेको छ ?’ भनी प्रश्न गरे । ‘प्रधानमन्त्री बिभिन्न ठाउँमा कार्यकर्ता भेला गरेर उखान टुक्का सुनाईरहनुभएको छ । संभवतः उहाँहरुसरकार यसरी नै चलाइन्छ भनेर सोच्नुहुन्छ होला । तर सरकार यसरी चल्दैन ।’ उनले भने । 

Ncell
Extreme Energy

उनले शिक्षकहरुको न्यायोचित माग सम्बोधनको लागि सदनमा आवाज उठाउन केन्द्रीय समितिले निर्देशन दिएको बताउँदै त्यसको तयारी भईरहेको बताए । 

विश्व जगत अमेरिकाले अभ्यास गरिरहेको कर नीतिको  विषयमा गभ्मीर सरोकार राखेर पुनर्विचार गर्न पहल गरिरहेको र आफ्नो व्यापार वृद्धिको लागि पहल गरिरहेको उल्लेख गर्दै हाम्रो उद्योगमन्त्री भने चुरोट र रक्सीको लाइसेन्स विक्रिमा व्यस्त भएको आरोप समेत लगाए ।

उनले सरकार गभर्नर नियुक्तिको रुमल्लिएको आरोप पनि लगाए । ‘एक महिना अगाडि हुनुपर्ने गभर्नर नियुक्तिको लागि गठित समितिले एउटा पनि बैठक आयोजना गरेको छैन । पहल पनि गरेको छैन ।’ झाले भने, ‘यसमा सत्तामा रहेको २ ओटा दलको सहमति जुट्न सकेको छैन । र बिभिन्न विचौलियाहरु सक्रिय भईराखेका छन् ।’
उनले यो सबै विषयमा रास्वपाले सरोकार राख्ने बताएका छन् । ‘सत्ता तपाईँको होला, देश हाम्रो पनि हो ।’ राज्यमा तपाईँ हुनुहुन्छ होला राज्यको अंग हामी पनि हौँ । त्यसैले गर्दा हाम्रो गम्भीर सरोकार छ, सबैलाई गम्भिर भईदिन अनुरोध गर्न चाहन्छौँ । 

उनले हिजो भारतको कश्मिरमा भएको आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको घटनामा नेपाल र भारतमा रहेका दुई देशका दूतावास, पराराष्ट्र मन्त्रालय, तथा सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न आह्वान गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक अष्टमातृका नाच (गँः प्याखँ) प्रस्तुत गरिएको छ। नेवार सभ्यता, शक्तिको उपासना र तान्त्रिक परम्परासँग जोडिएको यो नाचमा १३ देवगणले आ–आफ्नो विशिष्ट मुद्रा, भेषभूषा...
एमालेसँग सहकार्य गरी मधेस सरकारमा जाने निर्णय भएको छैन : उपेन्द्र यादव

एमालेसँग सहकार्य गरी मधेस सरकारमा जाने निर्णय भएको छैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले)सँग सहकार्य गरी मधेस सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।
फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्य, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएको समस्याविरुद्ध भएको प्रदर्शन शनिबार, अक्टोबर १७ मा देशव्यापी रूपमा फैलिएको छ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...