नेभिगेशन

समाज

शिक्षक र प्रहरीबीच कसरी सुरु भयो झडप ? 

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । बिजलीबजारबाट प्रदर्शनसहित बानेश्वर पुगेका शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो ।

झडपका क्रममा ५० भन्दा बढि शिक्षकहरु घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै आन्दोलनको समाचार संकलन गर्न बानेश्वर पुगेका पत्रकार सविना कार्की पनि घाइते भएकी छिन् । पानीको फोहोराबाट कार्कीको आखामा गम्भीर चोट लागेको छ ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले आइतबार २६ औं दिनपनि प्रदर्शन गरेको हो । महासंघले आफुहरुको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्