नेभिगेशन

समाज

शिक्षक र प्रहरीबीच कसरी सुरु भयो झडप ? 

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । बिजलीबजारबाट प्रदर्शनसहित बानेश्वर पुगेका शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झडपका क्रममा ५० भन्दा बढि शिक्षकहरु घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै आन्दोलनको समाचार संकलन गर्न बानेश्वर पुगेका पत्रकार सविना कार्की पनि घाइते भएकी छिन् । पानीको फोहोराबाट कार्कीको आखामा गम्भीर चोट लागेको छ ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले आइतबार २६ औं दिनपनि प्रदर्शन गरेको हो । महासंघले आफुहरुको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाज
समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

यो मुद्दा सुरु हुन्छ– १० जेठ २०८० देखि । आजभन्दा करिव तीन वर्षअघि, सुरुमा, जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी...
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार...