नेभिगेशन

समाज

जब हेर्दा हेर्दै सडक भासिएर पाँच सेकेण्डमै गाडी नै गायब भयो !(भिडियो)

हेटौँडा। सडकमा हिँडिरहेको डीआई गाडी सानो खाल्डोमा अड्किन्छ । चालकले गाडी कुदाउन खोज्छन् तर गाडी झन् दब्दै जान्छ । सेकेण्डमैै  सडकमा भ्वाङ पर्छ । चालक र सहचालक गाडीबाट निस्किन्छन् । क्षणभरमै सडक भासिएर ठुलो भ्वाङ पर्छ । हेर्दाहेर्दै गाडी गायब हुन्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रत्यक्षदर्शीले गाडी तान्न यताउता गुहार गर्दा गर्दै गाडी हराउँछ । यो घटना हुनु भन्दा अघिसम्म यो ठाउँ सामान्य अवस्थामा थियो । 

यो घटना शुक्रवार साँझ हेटौँडामा भएको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ र १७ को सिमानामा पर्ने गौरी गाउँमा माछाको दाना लिन हेटौँडा बजारतर्फ आउन लागेको गाडी खाल्डोमा भासियो । माछा पालिएको पोखरीको छेउमा रहेको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डीआई गाडी निकाल्ने क्रममा झन्झन् भित्र पसेर गायब भएको मकवानपुर प्रहरीले जनाएको छ । 

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार गाडी ५ सेकेन्डभित्रै खाल्डोमा हराएको थियो । यो ठाउँमा पहिले बोरिङका लागि खाल्डो खनिए पनि पानी ननिस्काएपछि सानो खाल्डो यसै छोडिएको थियो । त्यही सानो खाल्डोले ठुलो घटना बनाएको स्थानीय बताउँछन् । 

सुरक्षाकर्मीले आज दिउसोभर खोज्दा पनि गाडी फेला पार्न नसकेपछि आजको खोजी कार्य रोकिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाज
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...