नेभिगेशन
नेताका कुरा

तीनुकने घटनामा ज्यान गुमाएका सविन महर्जनलाई शहीद घोषणा गर्न सकिन्नः सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनुकने घटनामा ज्यान गुमाएका सविन महर्जनलाई शहीद घोषणा गर्न नसकिने बताएका छन् । गणतन्त्र समाप्त पार्न भएको उक्त घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने राजावादीहरुको माग नौटंकी भएको उनले तर्क गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले दलैपिच्छेको संगठन बनाउने कुराले सुशासन कायम गर्न बाधा भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग बिषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री गुरुङले कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार हुन नहुने समेत बताए । 

Ncell
Extreme Energy

अहिले कर्मचारी संगठनका कारण एउटा मन्त्रीले मेरिटोक्रेशीमा विश्वास गरेर काम गर्ने वातावरण नभएको उनले बताए । मन्त्री गुरुङले कर्मचारीलाई स्थाइ सरकार भनेपनि जसको नेतृत्वमा सरकार बन्छ, उसै निकट कर्मचारी संगठनको शासन चल्ने गरेको उनका भनाई छ । 

त्यस्तै मन्त्री गुरुङले सञ्चारमाध्यमलाई बलियो बनाउनेगरि सरकारले आवश्यक कानून ल्याउने स्पष्ट पारे । अहिले मुलुकमा खोज पत्रकारिता निकै कमजोर देखिएकाले त्यसतर्फ ध्यान दिन उनले सुझाव दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को, ३५ वर्षमा नभएको काम ६ महिनामै फत्ते!

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को, ३५ वर्षमा नभएको काम ६ महिनामै फत्ते!

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।