नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री ओली कांग्रेसलाई गभर्नर दिने पक्षमै हुनुहुन्छः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली कांग्रेसलाई गभर्नर दिने पक्षमै रहेको बताएका छन् । नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ कांग्रेसका तर्फबाट गभर्नर नियुक्तिका लागि नाम सिफारिस गर्न समस्या भएकाले ढिलाई भएको बताएका हुन्  । 

प्रधानमन्त्री केपी ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनले बताए । ‘उहाँ (प्रधानमन्त्री ओली) गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ’, देउवाले भने । सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत स्पष्ट पार्नुभयो । अहिलेको प्रणालीमा एउटा पार्टीको मात्रै बहुमत आउने अवस्था नरहेकाले अन्य दलसंग गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

CG

सभापति देउवाले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमश कम हुँदै गएको अवस्थामा कांग्रेस सम्मिलित गठबन्धन सरकारले आर्थिक बिकासलाई गति दिनका लागि अझ मेहनत गर्नुपर्ने धारणा राखे । आगामी बजेटमा धेरै योजना प्रस्ताव गर्ने तर पुरा नहुने स्थीतिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उनले सार्वजनिक सुरक्षाका कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्ने उल्लेख गरे । 


सभापति देउवाले गिरिजाप्रसाद कोइरालाले सुरु गरेको उदारिकरणका कारण धेरै उद्योगधन्दाहरु खुलेको भन्दै गिरिजाप्रसादले सवै उद्योग बेचे भन्ने आरोप सत्य नभएको जिकिर गरे । उद्योग गर्ने र व्यापार गर्ने काम सरकारको नभइ उद्योगपति र व्यापारिहरुको भएको भन्दै उनले उद्योग र व्यापारको क्षेत्रमा सरकारले निजि क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
कुलमानको निर्णयमा सर्वोच्चको रोक, प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई पुनःस्थापित गर्न आदेश

कुलमानको निर्णयमा सर्वोच्चको रोक, प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई पुनःस्थापित गर्न आदेश

शाक्यलाई जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गराएका थिए ।
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भएको छलफलमा के विषयमा कुरा भयो ?

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भएको छलफलमा के विषयमा कुरा भयो ?

सोमबार सिंहदरबारमा प्रसाईंसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले अभियानले अघि सारेका मागका बारेमा जानकारी लिएकी हुन् । सो क्रममा प्रसाईंले आफ्ना माग व्यक्तिगत नभइ जनताको माग भएकाले गम्भिर हुन...
फागुन २० गते १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले  २१ गते भोट हाल्न पाउने

फागुन २० गते १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले  २१ गते भोट हाल्न पाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक...

भर्खरै