नेभिगेशन
नेताका कुरा

प्रधानमन्त्री ओली कांग्रेसलाई गभर्नर दिने पक्षमै हुनुहुन्छः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली कांग्रेसलाई गभर्नर दिने पक्षमै रहेको बताएका छन् । नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ कांग्रेसका तर्फबाट गभर्नर नियुक्तिका लागि नाम सिफारिस गर्न समस्या भएकाले ढिलाई भएको बताएका हुन्  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री केपी ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनले बताए । ‘उहाँ (प्रधानमन्त्री ओली) गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ’, देउवाले भने । सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत स्पष्ट पार्नुभयो । अहिलेको प्रणालीमा एउटा पार्टीको मात्रै बहुमत आउने अवस्था नरहेकाले अन्य दलसंग गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

सभापति देउवाले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमश कम हुँदै गएको अवस्थामा कांग्रेस सम्मिलित गठबन्धन सरकारले आर्थिक बिकासलाई गति दिनका लागि अझ मेहनत गर्नुपर्ने धारणा राखे । आगामी बजेटमा धेरै योजना प्रस्ताव गर्ने तर पुरा नहुने स्थीतिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उनले सार्वजनिक सुरक्षाका कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्ने उल्लेख गरे । 


सभापति देउवाले गिरिजाप्रसाद कोइरालाले सुरु गरेको उदारिकरणका कारण धेरै उद्योगधन्दाहरु खुलेको भन्दै गिरिजाप्रसादले सवै उद्योग बेचे भन्ने आरोप सत्य नभएको जिकिर गरे । उद्योग गर्ने र व्यापार गर्ने काम सरकारको नभइ उद्योगपति र व्यापारिहरुको भएको भन्दै उनले उद्योग र व्यापारको क्षेत्रमा सरकारले निजि क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बागमतीका मुख्यमन्त्रीमा दिएकाे समर्थनलाई मान्यता नदिन राप्रपा केन्द्रको पत्र

बागमतीका मुख्यमन्त्रीमा दिएकाे समर्थनलाई मान्यता नदिन राप्रपा केन्द्रको पत्र

बागमती प्रदेशमा नेकपा एमालेका किरण थापामगरले राप्रपाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा पेस गरेको दाबीलाई राप्रपा केन्द्रीय कार्यालयले अस्वीकार गरेको छ ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’
नेपाल रेडक्रस सोसाइटीले ७ वटै प्रदेश र १५ जिल्ला शाखालाई स्पष्टीकरण सोध्यो

नेपाल रेडक्रस सोसाइटीले ७ वटै प्रदेश र १५ जिल्ला शाखालाई स्पष्टीकरण सोध्यो

नेपाल रेडक्रस सोसाइटीले विधानविपरीत गतिविधि गरेको तथा वैधानिक दायित्व पूरा नगरेको भन्दै ७ वटै प्रदेश समिति र १५ वटा जिल्ला शाखा समितिहरूलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
रास्वपा संसदीय दलमा के के भयो छलफल ?

रास्वपा संसदीय दलमा के के भयो छलफल ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले विधान संशोधन कार्यदल बनाएको छ ।

भर्खरै