नेभिगेशन
समाज

तत्काल सरकार छोड्दैनौँ : रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिटै पार्टी एकता हुने बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केहि ढिलाई भएको भन्दै छिटै पार्टी एकता हुने बताएकी हुन् । ‘पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौँ बाहिर रहनुभएकाले अहिले ठोस छलफल गर्न पाएका छैनौँ ।’, उनले भनिन्, ‘उहाँ काठमाडौं फर्किएपछि दुई पार्टीबीच छलफल गरेर एकताको मिति तय गर्छौँ ।’

Ncell
Extreme Energy

अध्यक्ष श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरेको बिषयमा गृहमन्त्रीले सदनमा दिएको जवाफ सन्तोषजनक रहेको उल्लेख गरिन् । सञ्चारकर्मीले सरकार छोड्नुहुन्छ कि के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफूहरु तत्काल सरकार नछाड्ने बताइन् । उनले भनिन्,‘ गृहमन्त्रीले जवाफ दिएपछि सन्तुष्ट नै छौँ हामी । सरकार छोड्ने कुरा गृहमन्त्रीले जवाफ नदिएको भए छुट्टै कुरा थियो । हामीले भनेअनुसार नै उहाँले समयमै जवाफ दिनुभएको छ । त्यही भएर अहिले नै सरकार छोड्ने कुरा छैन ।’

यसअघि नागरिक उन्मुक्तिले रेशम चौधरीलाई पक्राउ गरेको बिषयमा गृहमन्त्रीको जवाफ नआए सरकार छाड्ने चेतावनी दिएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।