नेभिगेशन
समाज

तत्काल सरकार छोड्दैनौँ : रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिटै पार्टी एकता हुने बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केहि ढिलाई भएको भन्दै छिटै पार्टी एकता हुने बताएकी हुन् । ‘पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौँ बाहिर रहनुभएकाले अहिले ठोस छलफल गर्न पाएका छैनौँ ।’, उनले भनिन्, ‘उहाँ काठमाडौं फर्किएपछि दुई पार्टीबीच छलफल गरेर एकताको मिति तय गर्छौँ ।’

Marvel
Extreme Energy

अध्यक्ष श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरेको बिषयमा गृहमन्त्रीले सदनमा दिएको जवाफ सन्तोषजनक रहेको उल्लेख गरिन् । सञ्चारकर्मीले सरकार छोड्नुहुन्छ कि के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफूहरु तत्काल सरकार नछाड्ने बताइन् । उनले भनिन्,‘ गृहमन्त्रीले जवाफ दिएपछि सन्तुष्ट नै छौँ हामी । सरकार छोड्ने कुरा गृहमन्त्रीले जवाफ नदिएको भए छुट्टै कुरा थियो । हामीले भनेअनुसार नै उहाँले समयमै जवाफ दिनुभएको छ । त्यही भएर अहिले नै सरकार छोड्ने कुरा छैन ।’

यसअघि नागरिक उन्मुक्तिले रेशम चौधरीलाई पक्राउ गरेको बिषयमा गृहमन्त्रीको जवाफ नआए सरकार छाड्ने चेतावनी दिएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...