नेभिगेशन
समाज

भारतको ‘अपरेसन सिन्दूर’ विरुद्ध पाकिस्तानको ‘अपरेसन बुन्यान अन मार्सुस’

पाकिस्तानले भारतविरुद्ध औपचारिक कारबाही थालेको बताएको छ । पाकिस्तानी सरकारले एक विज्ञप्ती जारी गर्दै भारतविरुद्ध ‘अपरेसन बुन्यान अन मार्सुस’ थालिएको जनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अघि भारतमाथि भएको आक्रमणमा आफ्नो हात नगरेको दाबी गर्दै आएको पाकिस्तानले अहिले भने औपचारिकरुपमा  आक्रमण गर्ने घोषणा गरेको हो । 

Ncell
Extreme Energy

अपरेसन बुन्यान अन मार्सुस अन्तर्गत भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई लक्षितगरि आक्रमण गरिने छ । 

पाकिस्तानी सरकारले जारी गरेको विज्ञप्तिअनुसार, जवाफी अपरेसन बुन्यान अन मार्सुसको एक भागका रूपमा ‘उपयुक्त जवाफ’का लागि भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई निशाना बनाइएको हो। 

 ‘यो कारबाही भारतको सुरुवाती हमलाको जवाफमा गरिरहेका छौँ, जुन हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथिको आक्रमण थियो’विज्ञप्तिमा भनिएको छ । 

साथै भारतले शुक्रबार राति पनि पाकिस्तानका तीन वायुसेना हवाई अड्डामा क्षेप्यास्त्र हानेको दाबी गरिएको छ । 
जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ कारबाही चलाइरहेको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।