नेभिगेशन
समाज

डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ भन्ने मूल नारासहित डिजिटल मिडिया अलायन्स नेपाल (DMAN) ले गर्न लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘शंकर ग्रुप’ को प्रस्तुति तथा विभिन्न निजी क्षेत्रका ब्राण्डहरूको सहकार्यमा आयोजना हुने यस कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

Marvel
Extreme Energy

सम्मेलनमा तीनवटा फरक–फरक विषयमा केन्द्रित प्यानल छलफल समावेश गरिएको छ ।

जसमा उद्यमशीलता, ऊर्जा तथा उद्योगको सम्बन्ध र समसामयिक आर्थिक तथा राजनीतिक विषयवस्तुमा बहस गरिनेछ । कार्यक्रमले नेपालका युवा उद्यमी, नीति निर्माताहरू, उद्योगी व्यवसायी, तथा राजनीतिक नेताहरूलाई एउटै मञ्चमा ल्याएर समसामयिक आर्थिक चुनौती र सम्भावनाबारे गहन संवाद गर्ने उद्देश्य राखेको छ।

‘उद्यममा नयाँ पुस्ता’ शिर्षकको पहिलो सत्रमा नेपालका नयाँ पुस्ताका उद्यमशील सोच र योगदानबारे छलफल हुनेछ। यसमा प्यानलिस्टहरू विदुषी राणा, उज्वल श्रेष्ठ, दिपकराज गिरी, छिरिङ लामासँग सञ्जोग कोइरालाले छलफल गर्नेछन् ।

यसैगरी, ‘उद्योगमा ऊर्जास् अर्थतन्त्रमा आशा’भन्ने दोस्रो शत्रमा नेपालको उद्योग क्षेत्रमा ऊर्जा तथा लगानीको भूमिका, सम्भावना र चुनौतीबारे विचार प्रस्तुत गरिनेछ । यसमा प्यानलिस्टहरू दामोदर भण्डारी, चन्द्रप्रसाद ढकाल, मिनबहादुर श्रेष्ठ, राजुनन्दन मरुसँग सुदेश उपाध्यायले छलफल गरेका छन् ।

यस्तै, ‘अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गर्नेछन् ।

कार्यक्रमलाई नेपालमा समावेशी, तथ्यमा आधारित र युवा केन्द्रित आर्थिक बहसको थालनीका रूपमा हेरिएको छ ।कार्यक्रम शंकर ग्रुपको प्रस्तुतिमा टिभीएस मोर्टरस, प्रोटोन इभि,जगदम्बा स्टिल्स सहित सौर्य सिमेन्टसंगको सहकार्यमा हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...
बंगालको खाडीमा ‘मुरासु’ चक्रवात, नेपालमा के प्रभाव पर्ला?

बंगालको खाडीमा ‘मुरासु’ चक्रवात, नेपालमा के प्रभाव पर्ला?

दक्षिणपश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ले शक्तिशाली चक्रवाती आँधीको रूप लिने र भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ ।
तीन महिनाभित्र गाँजाखेती नियमन गर्न सर्वोच्चको परमादेश

तीन महिनाभित्र गाँजाखेती नियमन गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प्रयोजनका लागि गाँजाको नियन्त्रित व्यावसायिक खेती र उत्पादनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको छ ।
यस्तो देखियो राम्दीको नयाँ पुल

यस्तो देखियो राम्दीको नयाँ पुल

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको राम्दीको कङ्क्रिट फिल्ड स्टिल ट्युब आर्च ब्रिजको निर्माण पूरा भएको छ ।