नेभिगेशन

सिधाकुरा विशेष

प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

काठमाडौँ । काठमाडौँको एक गिरोह जसले वर्षौँदेखि नक्कली जग्गाधनी पुर्जा, लाइसेन्स, नागरिकतादेखि शैक्षिक प्रमाणपत्र मात्रै हैन आधा दर्जन बढी सरकारी निकायबाट प्रदान हुने सरकारी कागजात बनाएर बजार पठाउने गरेका थिए । सोही गिरोहले ८ वर्षसम्म निरन्तर बजारमा किर्ते गरेर कागजात पठाएपछि अन्ततः प्रहरीको खोरमा पुगेका छन् । 

काठमाडौँको तारकेश्वर नगरपालिका–७ फुटुङ्मा कारखानामा खोलेर बसेका यी गिरोहहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि किर्ते गरी नक्कली बनाएर बिक्री वितरण गर्दै आएको सूचना नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पुग्याे। सूचना पुगेपछि  प्रहरीले बुधवार सो कारखानामा छापा हान्छ । छापा हान्ने क्रममा विभिन्न नक्कली कागजातसहित ती कागजात छपाई गर्ने मेसिनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । 

Fake-Document-9-1747300612.jpg
पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन गाउँपालिका–१ मसेलकी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ छ्याङ्ढुङका २३ वर्षीया अन्जु खत्री रहेका छन् । जसमध्ये बयलकोटी तारकेश्वर देवीचोक बस्थिन भने खड्का बुढानीलकण्ठ बस्थे । त्यस्तै पक्राउ परेकी अन्जु खत्री चन्द्रागिरि दह चोक बस्ने गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकामध्ये बयलकोटी सो कारखानाकी सञ्चालक रहेको र अन्य २ जना भने त्यहाँ नक्कली कागजात बनाउनका लागि एडिट र डिजाइनको काम गर्ने कर्मचारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । बयलकोटीले उनीहरूलाई मासिक १०,००० देखि १५,००० रुपैयाँसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकामध्ये बयलकोटी सो कारखानाकी सञ्चालक रहेको र अन्य २ जना भने त्यहाँ नक्कली कागजात बनाउनका लागि एडिट र डिजाइनको काम गर्ने कर्मचारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । बयलकोटीले उनीहरुलाई मासिक १०,००० देखि १५,००० रुपैयाँसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ । 

nakkali-document-1747300616.jpg
पक्राउ परेकी बयलकोटीले आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात किर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्र, जापान लगायत देशहरूमा कामदार भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्रदेखि अनुभव पत्रसम्म, बैंकबाट ऋण निकाल्नका लागि नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै विदेशमा बस्ने नेपाली नागरिकहरूलाई विदेशको पिआर तथा ग्रिन कार्डको आवेदन दिनका लागि मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल खलङ्गा र वीर अस्पताल लगायतको नक्कली मेडिकल रिपोर्टदेखि भिजिट भिसाका लागि क वर्षका सबै बैँकको नक्कली स्टेटमेन्ट बनाइदिने गरेको प्रहरीले जनाएको छ । 

Fake-Document-13-1747300615.jpg
त्यति मात्रै नभएर उनीहरूले बनाएका विभिन्न सरकारी, गैरसरकारी, सङ्घ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका ३ सय ५५ थान स्ट्याम्प समेत बरामद गरेको छ । 

उनीहरूका साथबाट प्रहरीले ४२ थान बसाइँ सराई प्रमाणपत्र, ६० थान चारित्रिक प्रमाणपत्र, ११० थान शैक्षिक प्राप्ताङ्क प्रमाणपत्र, ५ थान विवाह दर्ता प्रमाणपत्र, ५० थान प्रोभिज्नल सर्टिफिकेट, ६ थान नाता प्रमाणित प्रमाणपत्र, १० थान जग्गाधनी पुर्जा प्रमाणपत्र, १७ थान विभिन्न सहकारी संस्थाका लेटर प्याड, ७ थान वार्षिक आम्दानी प्रमाणीकरण पत्र, १७ थान विभिन्न कलर भएका खाली तथा भरी मसिका बट्टाहरू बरामद गरेको छ । 

त्यस्तै स्थानीय तहबाट प्रदान गर्ने विभिन्न किसिमका सिफारिस पत्र २० थान, मनिटर, सिपियु, किबोर्ड र माउस २÷२ थान, प्रिन्टर ३ थान, लेमिनेशन मेसिन १ थान, हिटिङ मेसिन २  थान, डाइ कटर मेसिन १ थान, विभिन्न सहकारी संस्थाहरूको स्टेटमेन्ट १७ थान बरामद गरेको प्रहरीले जनाएको छ । 

Fake-Document-1-1747300607.jpg
बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूबाट प्रहरीले विभिन्न सरकारी, गैरसरकारी, सङ्घ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका ३ सय ५५ थान स्ट्याम्प र ठुलो सङ्ख्यामा नक्कली शैक्षिक, सवारी चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र समेत बरामद गरेको छ ।

Fake-Document-8-1747300611.jpg
त्यस्तै प्रहरीले कारखानाबाट विभिन्न स्वास्थ्य संस्थाका सिफारिस पत्र दुई पाना, विभिन्न बैङ्कहरूको स्टेटमेन्ट १०० पाना, विभिन्न सरकारी गैरसरकारी सङ्घ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका स्ट्याम्प ३५५ थान, खाली स्ट्याम्प १५० थान, स्ट्याम्प मेसिन एक थान, एसर कम्पनीको कालो रङको ल्यापटप एक थान, विभिन्न कम्पनीको मोबाइल सात थान, विभिन्न अस्पतालका मेडिकल कार्डहरू दुई थान, विभिन्न हिसाब किताब लेखिएका डे बुक एक थान बरामद गरेको छ ।

उनीहरूलाई मुलुकी संहिता २०७४ को परिच्छेद २५ अनुसार लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप सिधाकुरा विशेष
शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ? "Balen's Formula for an Education Revolution"
ओलीलाई च्यालेन्ज गर्ने सुलभको सांसद बन्ने चाहना

ओलीलाई च्यालेन्ज गर्ने सुलभको सांसद बन्ने चाहना

ओलीलाई च्यालेन्ज गर्ने सुलभको सांसद बन्ने चाहना
युद्धमा हराएको छोरो खोज्न हिँडेकी आमा !

युद्धमा हराएको छोरो खोज्न हिँडेकी आमा !

हमासको कब्जामा परेका बिपिन जोशी रिहाईको पहल गर्न भन्दै इजरायल सरकारले आमा र बहिनी पुुष्पालाई इजरायल लैजाने सबै प्रबन्ध मिलाएको थियो । सोही अनुसार उनीहरु सोमबार बिहान त्रिभुवन...
यस पटकको ‘नाडा अटो-शो’मा उड्ने कार ! अरु के के छन् सरप्राइज ?

यस पटकको ‘नाडा अटो-शो’मा उड्ने कार ! अरु के के छन् सरप्राइज ?

सिधाकुराका विष्णु प्रसाद ढुंगानाले नाडाका अध्यक्ष एवम् सिजी होल्डिङका प्रबन्ध निर्देशक करण चौधरीसँग कुराकानी गरेका छन् ।