सर्लाही । सर्लाहीको चन्द्र नगर गाउँपालिका १ का अरविन्दकुमार पण्डित, ईश्वरपुर नगरपालिका ६ की नजिमा खातुनसँग लामो समयदेखि प्रेममा थिए । २८ वर्षीय अरविन्दकुमार अविवाहित थिए भने नजिमा विवाहित हुन् । श्रीमानसँगै बस्दै आएकी नजिमाका ३ वटा छोराछोरी समेत छन् ।
विवाहेत्तर सम्बन्ध बारे बजारमा हल्ला चलेपछि नजिमाकै दबाबमा गत चैत १९ गते उनीहरू नयाँ जीवन सुरु गर्ने भन्दै सर्लाहीबाट भागेर भारत तर्फ लागे । एक महिना भारतमै बसेका उनीहरूलाई फेरी नजिमाको परिवारले फर्काए ।
वैशाख २० गते गाउँ आएपछि स्थानीयहरू पञ्च बसे । यस अघिको प्रेम सम्बन्ध टुङ्गाउँदै दुवै छुट्टिने निर्णय पञ्चले गरे । पञ्च बसेपछि नजिमालाई उनकै श्रीमान् मोस्तकिम अन्सारीले नै राख्ने सहमति भयो । त्यस दिन सबै आफ्नो आफ्नो बाटो लागे ।
तर पञ्च बसेरै छुट्टाए पनि नजिमाले अरविन्दको माया मार्न सकिनन् । श्रीमानको आँखा छलेर नजिमाले अरविन्दलाई पटक पटक घरमा बोलाउन थालिन् । यस बिचमा धेरै पटक आवतजावत भयो । तर नजिमा र अरविन्दको सम्बन्धले नजिमाको परिवार र आफन्त परेसान थिए ।
त्यसपछि योजना बन्यो अरविन्दको हत्याको । त्यसका लागि नजिमानै मतियार बन्ने भइन् । उनका श्रीमान् मोस्तकिम अन्सारी र आफन्तहरू योजनाबद्धरुपमा लागे जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनीहरूको योजनाअनुरुपनै प्रेम सम्बन्धले अपराधको रुप लिँदै थियो । नजिमाले बोलाएपछि खुरुखुरु आउने अरविन्द वैशाख २४ गतेदेखि परिवारको सम्पर्कमा थिएनन् ।
यसैबिच, वैशाख ३० गते बिहान ८ः३० बजे ईश्वरपुर नगरपालिका–८, थक्रिया चौरस्थित उखुबारीमा एक पुरुषको शव फेला पर्यो । मृतकको पहिचान हुन सकेको थिएन । प्रहरीले प्रादेशिक अस्पताल मलङ्गवामा लगेर ती पुरुषको शव राख्यो ।
यता २४ गतेदेखि सम्पर्क विहीन भएका अरविन्दको कुनै खबर आएको थिएन । त्यसैबिच प्रहरीले अरविन्दका दाजु अशोककुमार पण्डितलाई प्रादेशिक अस्पतालमा लगेर शव देखायो । शव अरू कसैको नभएर उनै अरविन्दको थियो । दाजु अशोकले सनाखत गरिदिए ।
त्यसपछि, प्रहरीले अरविन्दको हत्याराको खोजी सुरु गर्यो । प्रारम्भिक अनुसन्धानका क्रममा नै अरविन्द र नजिमाको विवाहेत्तर सम्बन्धका देखिएपछि प्रहरीले नजिमा माथि अनुसन्धान सुरु गयो । उनले घटना स्वीकार गरिन् । र आफ्ना श्रीमान् सहित आफन्त मिलेर मुख थुनेर अरविन्दको हत्या गरेको बयान दिइन् ।
घटना डर लाग्दो थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का अनुसार आरोपितहरूले प्रारम्भिक बयानमा घटना स्वीकार गरेका छन् । पक्राउ परेकाहरूले घटनाक्रम खुलाएका छन् । अभियुक्तहरूले अहिले दिएको बयान अनुसार नजिमाले जहाँ जहिले जति बेला बोलाए पनि आउने अरविन्दलाई बोलाउने जिम्मा नजिमाकै थियो । सोही अनुसार वैशाख २८ गते बिहान नजिमाले अरविन्दलाई फूल जोर बाबा मन्दिर नजिकै बोलाइन् । त्यहाँ जम्मा भएका थिए उनका श्रीमान् मोस्तकिम अंसारी सहित, मोहम्मद हुसेन मोमिन, सुयब अन्सारी, कोनूर आलम अन्सारी र सलाउद्दिन अन्सारी । एक घण्टा त्यही मन्दिर क्षेत्रमा राखेपछि उनीहरूले अरविन्दलाई मन्दिर क्षेत्रबाट फूल जोर खोलातिर लगे ।
त्यहाँ पुर्याएपछि मुख थुनेर अरविन्दको हत्या गरे । त्यसपछि घाँसपात र लहरीको घस्यौटाले छोपेर घर फर्कीए । त्यसको भोलिपल्ट वैशाख २९ गते राति ९ बजे फेरी अघिल्लो दिन घाँसले छोपेको शव हेर्न पुगे । त्यहाँबाट उठाएर थक्रिया चौरमा रहेको उखुबारीमा लगेर फाले ।
यसरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाही अरविन्दकी प्रेमीका ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान् मोस्तकिम अंसारीसहित ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनूर आलम अन्सारी र सलाउद्दिन अंसारीलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै अभियुक्त नजिमाका आफन्त हुन् ।
उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक बयानमा अभियुक्तहरूले मुख थुनेर हत्या गरेको दाबी गरे पनि पोस्टमार्टममा रिपोर्ट र थप अनुसन्धानपछि अन्य विषय पनि खुल्न सक्ने प्रहरीले जनाएको छ ।
करिब ३/४ जनाको समूहमा आएका प्रहरी सिधै श्यामको छेउमा पुगेर पारिपट्टि राखिएको रातो मोटरसाइकललाई देखाउँदै त्यो कसको मोटरसाइकल हो ? भन्दै सोध्छन् । श्यामले उक्त मोटरसाइकल आफ्नो भएको...बिहीबार, असार १२, २०८२
ईरानले पनि शत्रुहरूबाट आफ्नो न्युक्लियर साइटहरु फोर्डो, नताञ्ज र इस्फाहानमा आक्रमण भएको पुष्टि गरेको छ । तर, उसले आक्रमणबाट भएको क्षतिबारे स्पष्ट केही भनेको छैन् । तर, तेहरानबाट...आइतबार, असार ८, २०८२
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.