नेभिगेशन

समाज

सीप मेला, जहाँ देखिन्छ बालेनको भिजन (भिडियो रिपोर्ट)

काठमाडौँ । ‘रोजगारी र आय वृद्धिः काठमाडौँको समृद्धि’ भन्ने मूल नाराका साथ काठमाडौँ महानगरपालिकाले ‘सीप मेला २०८२’ आयोजना गरेको छ। महानगरले सो आयोजनामार्फत २०८२ जनालाई रोजगारीमूलक तालिम प्रदान गर्ने लक्ष्य राखेको छ। टुँडिखेलमा जेठ ७ गतेदेखि सुरु भएको मेला एक महिनासम्म सञ्चालन हुनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त मेलामा सूचना प्रविधि, इलेक्ट्रोनिक्स, निर्माण, स्वास्थ्य सेवा, गार्मेन्ट, होटेल तथा पर्यटन, पारंपरिक सीपजस्ता १० प्रमुख क्षेत्रका ३७ भन्दा बढी सिप तालिमहरू प्रदान गरिएको छ। तालिम सहभागीले ३० दिनसम्म, १०० घण्टा बराबरको कक्षा लिनेछन्, जसमा सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारको ज्ञान दिइएको छ ।

महानगरका अनुसार तालिममा काठमाडौँमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने १८ देखि ५८ वर्षसम्मका नेपाली नागरिक सहभागी भएका छन् । । ल्यान्डफिल प्रभावित क्षेत्रका बासिन्दा, सडक व्यापारी, भिन्न क्षमता भएका व्यक्ति (पीडब्ल्युडी) लगायतलाई प्राथमिकता दिइने जनाइएको छ।

गत वर्ष आयोजित ‘सीप मेला २०८१’ मा ६८ हजारभन्दा बढीले आवेदन दिएका थिए भने २,५७५ जना सहभागी भएका थिए। उनीहरूमध्ये आधाभन्दा बढीले तालिमपछि रोजगारी वा स्वरोजगार पाएका महानगरको दाबी छ।

मेयर बालेन्द्र साह (बालेन) ले यस कार्यक्रमलाई ‘शिक्षा–सिप–श्रम–उत्पादन’ चक्रमा एकीकृत गर्दै युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानका रूपमा अघि सारेका छन्।

हेर्नुहाेस भिडियाे:

प्रतिक्रिया दिनुहोस्
थप समाज
मतदान गरौं, यी तथ्य मनन् गरौं: कसैले चलखेल नगरुन्, मतदाताको विवेकमा अवरोध नहोस्

मतदान गरौं, यी तथ्य मनन् गरौं: कसैले चलखेल नगरुन्, मतदाताको विवेकमा अवरोध नहोस्

केही मतदाता अझै पनि कुन दल र कुन उम्मेदवारलाई भोट हाल्ने  निर्णयमा पुगिसकेका छैनन् । यसरी निर्णयमा पुगिनसकेका मतदातालाई विवेकपूर्ण निर्णय लिनकै लागि मतदानअघि ४८ घण्टाको मौन अवधि...
तेहरान युद्धको नेपाल तरंग

तेहरान युद्धको नेपाल तरंग

शनिबारदेखि पश्चिम एसिया अर्थात मध्यपूर्व फेरि अशान्त बनेको छ। भौतिक रुपमा इजरायल र अमेरिका इरानमाथि खनिएका छन्, इरानले पनि जवाफ फर्काइरहेको छ। युद्ध भइरहेको छ, त्यसको असर नेपालमा...