नेभिगेशन
नेताका कुरा

मनिष झा को प्रश्नः चोरलाई चोर भन्न नपाउने ?

हमपे इल्जाम ए हे कि चोरको क्यु चोर काहा ? तु ने क्यु सही बात कही ? काहे न कुछ और काहा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मृहमन्त्रीकै नेतृत्वमा भिजिट भिसा प्रकरणको लुटतन्त्र चलेको बताएका छन् । संसद बैठकका क्रममा बोल्दै उनले आफूहरुमाथि चोरलाई किन चोर भनिस् भन्ने आरोप लागेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भिजिट भिसा प्रकरणमा मानब तस्करी सम्बन्धी विषयमा मृहमन्त्री कर्मचारी सबैको संलग्नता रहेको एथेस्ट प्रमाण सहित संलग्नता प्रमाणित भएको समेत बताए । ‘अहिले आएर सबै छानबिन गछौँ भन्दै हुनुहुन्छ–२०८१ कात्तिकदेखि २०८२ बैशाखसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई ९ चोटी पत्र काटेको छ–यहाँ बदमासी भईराखेको छ, ध्यान देउ भनेर । त्यो बेला यो इमान्दारिता कहाँ थियो ? जुन आज कागजमा लेखिदैछ । जब अख्तियारले धावा बोल्ने बेला भयो तब आफ्ना कर्मचारीहरुलाई जोगाउनको लागि रातरात किन तानियो ?’  उनले भने । 

Ncell
Extreme Energy

त्यस्तै उनले राजनीतिक प्रभावका कराण आफ्ना नेता (रवि लामिछाने)को ठाउँसारी समेत रोकिएको बताए । उनले हिन्दी भाषाको कविता प्रस्तुत गर्दै आफूहमाथि चोरलाई किन चोर भनेको भनेर आरोप लागेको बताए । ‘राजनीतिक प्रभावका कारण हाम्रा नेताको सरुवा रोकियो । र उहाँहरुले के भन्नुभयो थाहा छ ?– हमपे इल्जाम ए हे कि चोरको क्यु चोर काहा ? तु ने क्यु सही बात कही ? काहे न कुछ और काहा ? के हामी जनप्रतिनिध भएर भईरोखेको मानव तस्करीको बारेमा पनि बोल्न नपाउने ? ' उनले प्रश्न गरे । 

उनले यो सबै गृहमन्त्रीको नेतृत्वमा भएको लुटतन्त्र बताए । १८ दिनदेखि ११ वटा बैठक अवरोधका क्रममा साथ दिएकोमा आभार व्यक्त गरेका छन् । उनले सन्तोषजनक जवाफ नपाएसम्म, उच्चस्तरीय छानबिन समिति नबनेसम्म र ठगीएका नागरिकले उचित न्याय नपाएसम्म आफ्नो आन्दोलन जारी रहने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...