नेभिगेशन
मुख्य समाचार

मनिष झा को प्रश्नः चोरलाई चोर भन्न नपाउने ?

हमपे इल्जाम ए हे कि चोरको क्यु चोर काहा ? तु ने क्यु सही बात कही ? काहे न कुछ और काहा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मृहमन्त्रीकै नेतृत्वमा भिजिट भिसा प्रकरणको लुटतन्त्र चलेको बताएका छन् । संसद बैठकका क्रममा बोल्दै उनले आफूहरुमाथि चोरलाई किन चोर भनिस् भन्ने आरोप लागेको बताए । 

उनले भिजिट भिसा प्रकरणमा मानब तस्करी सम्बन्धी विषयमा मृहमन्त्री कर्मचारी सबैको संलग्नता रहेको एथेस्ट प्रमाण सहित संलग्नता प्रमाणित भएको समेत बताए । ‘अहिले आएर सबै छानबिन गछौँ भन्दै हुनुहुन्छ–२०८१ कात्तिकदेखि २०८२ बैशाखसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई ९ चोटी पत्र काटेको छ–यहाँ बदमासी भईराखेको छ, ध्यान देउ भनेर । त्यो बेला यो इमान्दारिता कहाँ थियो ? जुन आज कागजमा लेखिदैछ । जब अख्तियारले धावा बोल्ने बेला भयो तब आफ्ना कर्मचारीहरुलाई जोगाउनको लागि रातरात किन तानियो ?’  उनले भने । 

CG

त्यस्तै उनले राजनीतिक प्रभावका कराण आफ्ना नेता (रवि लामिछाने)को ठाउँसारी समेत रोकिएको बताए । उनले हिन्दी भाषाको कविता प्रस्तुत गर्दै आफूहमाथि चोरलाई किन चोर भनेको भनेर आरोप लागेको बताए । ‘राजनीतिक प्रभावका कारण हाम्रा नेताको सरुवा रोकियो । र उहाँहरुले के भन्नुभयो थाहा छ ?– हमपे इल्जाम ए हे कि चोरको क्यु चोर काहा ? तु ने क्यु सही बात कही ? काहे न कुछ और काहा ? के हामी जनप्रतिनिध भएर भईरोखेको मानव तस्करीको बारेमा पनि बोल्न नपाउने ? ' उनले प्रश्न गरे । 

उनले यो सबै गृहमन्त्रीको नेतृत्वमा भएको लुटतन्त्र बताए । १८ दिनदेखि ११ वटा बैठक अवरोधका क्रममा साथ दिएकोमा आभार व्यक्त गरेका छन् । उनले सन्तोषजनक जवाफ नपाएसम्म, उच्चस्तरीय छानबिन समिति नबनेसम्म र ठगीएका नागरिकले उचित न्याय नपाएसम्म आफ्नो आन्दोलन जारी रहने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनका सल्लाहकार कुमार बेनको घरमा करिब ३ घण्टा वार्ता सकेर लामिछाने निस्किएका हुन् । वार्ता सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ‘मेरो अनुहारले के भन्छ ?’
संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने , “स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको...
रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

एक भिडियो पोस्ट गर्दै गुरुङले भनेका छन्,‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’...
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।